- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरबालबालिकालाई भिटामिन ‘ए’ खुवाईने

बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने

- Advertisement -spot_img

तुलसीपुर, २९ असोज । तुलसीपुरमा बालबालिकाहरूलाई भिटमिन ‘ए’ र जुकाको औषधी खुवाईने भएको छ । विभिन्न रोग र कुपोषणबाट बचाउनका लागि उपमहानगरका सम्पूर्ण वडाहरूमा भिटामिन र जुकाको औषधी खुवाइने भएको हो ।
यसका लागि उममहानगरले आवश्यक पूर्व तयारीसमेत गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका १३ हजार ९ सय ७८ जना बालबालिकाहरूलाई आगामी कार्तिक २ र ३ गते भिटमिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ ।
बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने रोगबाट बचाउन, रोग प्रतिरक्षा शक्ति बढाउन, बाल मृत्युदर घटाउनका लागि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आवश्यक पर्ने सम्पूर्ण तयारीहरू पूरा गरेको छ ।
उपमहानगरभित्रका सम्पूर्ण वडामा रहेका पाँच वर्षभन्दा मुनिका बालबालिकाहरूलाई भिटामिन र औषधी खुवाउनका लागि २ सय १८ महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दाहालले बताए ।
यसका लागि आवश्यक पर्ने औषधी र भिटामिन मंगलबार सबै स्वयंसेविकाहरूलाई प्रदान गरिसकेको भन्दै उनले यो औषधी नपुगे थप्न सकिने बताए । ‘तुलसीपुर क्षेत्रमा बाहिरबाट आएर बस्नेहरू पनि धेरै भएकाले हाम्रो तथ्याङ्क अनुसार औषधी नपुग्न सक्छ’ उनले भने–‘आवश्यक परेको समयमा हामीले थप औषधी उपलव्ध गराउने छौँ ।’
यसैगरी बालबालिकालाई समयमै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनका लागि नगरप्रमुख घनश्याम पाण्डेले अभिभावकहरूलाई अनुरोध गरेका छन् । पायक पर्ने स्थानमा आफ्ना बालबालिकालाई रोगबाट बचाउनका लागि भिटामिन ‘ए’ अनिवार्य रूपमा खुवाउनुपर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here