- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरबादी समुदाय आन्दोलित

बादी समुदाय आन्दोलित

- Advertisement -spot_img

घोराही, १७ भदौ । देशभरका बादी समुदाय आन्दोलित भएका छन् । पछिल्लो समय प्रकाशित दुई उपन्यास र एउटा चलचित्रमा बादी समुदायकै अपमान गरीएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । उनीहरुले न्यायको माग गर्दै विभिन्न निकाय समक्ष पुगेका छन् । बुक हिल्सले प्रकाशन गरेको सरस्वती प्रतिक्षाको नथिया, सांग्रिला बुक्सद्वारा प्रकाशित विवेक ओझाको ऐलानी र थमनकुमार भण्डारीको निर्माण र दिपक वलीले निर्देशन गरेको पण्डित बाजेको लौरी नामक चलचित्रमा बादी समुदायलाई नै अपमानित हुने गरी प्रस्तुत गरिएको राष्ट्रिय बादी परिषद्का अध्यक्ष केशव बादीले जानकारी दिएका छन् । ‘सविधानले ग्यारेन्टी गरेको अधिकारलाई कुण्ठित हुने गरी बादी समुदायको जुन अपमान गरिएको छ, त्यो हामीलाई सह्य छैन । हामीले न्याय खोजी गरिरहेका छौँ । कानूनी लडाईको तयारी गर्दैछौँ ।’ केशव बादीले भने । आन्दोलनको कार्यक्रम अन्तर्गत बादी समुदायले मानवअधिकार आयोग, चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय, दलित आयोगलगायतका निकायहरुमा ध्यानाकर्षण पत्र बुझाईसकेको छ । उनीहरुले दुई उपन्यास र चलचित्रको उत्पादन, प्रचारप्रसार बन्द गर्न माग गर्दै बादी समुदायमाथि पर्न गएको चोटको क्षतिपूर्तिको मागसमेत गरेका छन् । ‘ऐलानी उपन्यासका लेखक विवेक ओझाले जवाफ दिनुभएको छ, नथियाको लेखकले प्रतिक्रिया दिनुभएको छैन, चलचित्रका निर्देशक तथा निर्माता सम्पर्कमा आउनुभएको छैन ।’ केशब बादीले भने, ‘लेखकले माफी मागेर मात्र कहाँ हुन्छ ? यसबाट बादी समुदायको अपमानको श्रृङ्खला रोकिदैन, अब हामी कानूनी लडाईमा जाँदैछौँ ।’
नथिया उपन्यासको पृष्ठभूमि भनिएको दाङका बादी समुदायले जिल्ला प्रशासनमा जाहेरी दिन खोजे पनि जाहेरी लिन नमानेको रञ्जीता बादीले बताइन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पुस्तक काठमाडौँबाट प्रकाशन भएकाले काठमाडौँमा नै जाहेरी दर्ता गर्न सुझाव दिदै जिल्लामा जोहेरी दिन नमानेको रञ्जीता बादीले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here