Friday, March 29, 2024
Homeमुख्य खबरबाढीमा परेर ३५७ को मृत्यु

बाढीमा परेर ३५७ को मृत्यु

- Advertisement -spot_img

नयाँ दिल्ली ।५ भदौ । दक्षिण पश्चिम भारतमा बाढीमा परेर कम्तिमा तीन सय ५७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुको जनाएका छन् । विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३५७ पुगेको छ । पछिल्लो २४ घण्टामा धेरै मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका उनीहरुको भनाई छ । केरलाका सम्पूर्ण ग्रामीण ईलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । यो विपदले त्यस क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित भएका छन् । अझै पनि धेरै ईलाका पूर्णतया डुबानमा रहेकाले मृतक संख्यामा वृद्धि हुने देखिएको अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी संकटमा रहेका बस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् । केरलाका सहरी तथा ग्रामीण ईलाकामा रहेका बस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्बन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिइरहेका छन् । गत हप्तादेखि परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, बास तथा खानेपानी अभाव भएको छ । डुबानका कारण घर बाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको छ ।

दुई शक्तिशाली भूकम्प

यसैबीच इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी दशजनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अवरुद्ध भएको छ भने ठाउँ–ठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको छ । दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पबाट करिब पाँचसय मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो संख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघिकै भूकम्पमा परी मृत्यु हुनेको संख्या बढिरहेका बेला आइतबार फेरि अर्काे भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।
एजेन्सीहरुको सहयोगमा

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here