- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरबाघमारे स्वास्थ्य चौकीको सामाजिक परिक्षण

बाघमारे स्वास्थ्य चौकीको सामाजिक परिक्षण

- Advertisement -spot_img

तुलसीपुर, १३ असार । दाङको शान्तिगर गाउँपालिका–२ मा रहेको बाघमारे स्वास्थ्य चौकीको बिहीबार सामाजिक परिक्षण गरिएको छ । स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुविधा र सुधारका लागि सामाजिक परिक्षण गरिएको हो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष फर्साराम डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीको सेवा सुविधालाई थप सुधार गर्नुपर्ने बताएका छन् । उनीहरुले स्वास्थ्य चौकीमा निःशुल्क रुपमा पाउने सेवा पनि सहजरुपमा पाउन नसकिरहेको भन्दै सेवा सुधार गरी गुणस्तरियता प्रदान गर्न आग्रहसमेत गरेका छन् । पश्चिम दाङमै आधारभूत स्वास्थ्य प्रदान गर्दै आएको बाघमारे स्वास्थ्य चौकीलाई थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।
सहभागीले स्वास्थ्य चौकीमा सामान्य सेवामात्रै पाएको र जटिल प्रकृतिका लागि तुलसीपुर नै जानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख हेमराज वलीले स्वास्थ्य चौकीमा सेवा लिने बिरामीको संख्या बढ्दै गएको जानकारी दिए ।
उनका अनुसार बाघमारे स्वास्थ्य चौकीमा मासिक करिब सात सय बढीले सेवा प्रदान गरेका छन् । स्वास्थ्य चौकीमा बिरामी बढ्दै गएको भन्दै उनले स्वास्थ्य चौकीलाई स्तरोन्नतिका लागि नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा स्वयम्सेविका टोपेन्द्र खड्काले महिला स्वास्थ्य स्वयम्सेविकाका सेवा सुविधामा पनि ध्यान दिन अनुरोध गरे ।
बढ्दै गएको मंहगी अनुसार महिला स्वास्थ्य स्वयम्सेविकाले न्यूनतम सेवा पाउन नसकेको गुनासो गरे । शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोग, गाउँपालिकाको संयोजन तथा तुलसीपुर मिडिया प्रालिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण प्रालिका प्रवन्धक निर्देशक गोपालप्रसाद शर्मा भट्टराईले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here