Friday, March 29, 2024
Homeमुख्य खबरबाघमारे र धनौरीमा ल्याव सेवा

बाघमारे र धनौरीमा ल्याव सेवा

- Advertisement -spot_img

शान्तिनगर, ३० असार । दाङको शान्तिनगर गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थामा ल्याव सेवा दिने तयारी थालिएको छ । गाउँपालिकाले धनौरी र बाघमारे स्वास्थ्य चौकीमा ल्याव सेवा शुरु गर्न थालिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिएका छन् । वडाबाटै सेवा प्रदान गर्नका लागि यो कार्य अघि बढाउन लागिएको अध्यक्ष डाँगीको भनाइ छ ।
अहिले ल्यव सेवा लिन तुलसीपुर बजारमै जानुपर्ने अवस्था रहेको भन्दै यो समस्या समाधानका लागि गाउँपालिकाले यो सेवा शुरु गर्न लागेको डाँगीले बताए । अहिले शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा भने ल्याव सेवा शुरु भएको छ ।
जसबाट चालुआर्थिक बर्षमा ८ सय ३३ जनाले सेवा लिएका छन् । साथै एकसय ४३ जनाले टिविको रोगको जाँच गरेकोमा पाँच जनाका टिवि रोग देखापरेको संयोजक पुनले जानकारी दिए ।
यसैबीच शान्तिनगरको चिराघाट स्वास्थ्य चौकीमा ३४ जना कडा खालका कुपोषण भएका बच्चा देखिएका छन् । शान्तिनगर गाउँपालिका स्वास्थ्य संयोजक हरि पुनका अनुसार उक्त स्वास्थ्य चौकीका ३४ जनामा कडा खालको कुपोषण भएको पाईएको हो । त्यस्तै मध्यम खालको कुपोषण एकसय १७ मा देखिएको छ ।
उक्त स्वास्थ्य संस्थाबाट चालुआर्थिक बर्षमा २२ जनाले प्रसूतिको सेवा लिएका छन्, भने एकसय ९५ जनाले बालबिटा लिएका छन् । साथै एकसय ६९ जनाले पूर्णखोप, २२ जनाले आमा सुरक्षा कार्यक्रम सेवा लिएका छन् ।
त्यस्तै दुई सय ९३ जनाले परिवार नियोजन, दुई हजार पाँचसय ४२ जनाले तौल नापको सेवा लिएका छन् । उक्त स्वास्थ्य संस्थाबाट चालुआर्थिक बर्षको अहिलेसम्म चार हजार ६ सय ३५ जनाले ओपिडि सेवा लिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here