बाख्राले ल्याएको खुशी

फिचर समाज

दाङ गढवाकी सुनीता नेपाली
(३४) लाई अहिले ब्यवसाय समाल्न भ्याइ नभ्याई छ । आर्थिकरुपमा समस्या झेल्दै आएकी सुनिताले त्यो अभावलाई टार्न दुई वर्ष अघिदेखि थालेको ब्यवसायले उनलाई अहिले खुशी मात्रै होइन जीवनमा सबैभन्दा बढी आम्दानीसमेत दिलाएको छ । दिनरात नभनेर उनले आफ्नो ब्यवसायलाई बढाइरहेकी पनि छन् ।
दुई वर्ष अघि एउटा बाख्राबाट थालेको उनको ब्यवसाय अहिले ४० बटा बाख्रामा पुगेका छन् । एउटा बाख्राबाट सुरु भएको ब्यवसाय दुई वर्ष नपुग्दै ४० वटामा पुगेको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सञ्चालन गरेको लघुवित्त कार्यक्रमअन्तर्गत एक लाख ५० हजार विना धितो ऋण लिएर ब्यवसाय सुरु गरेको र त्यो ब्यवसायले महिलाहरुलाई आर्थिक सशक्तिकरणमा पु¥याएको छ । सुनिताले अहिले सम्पूर्ण घर खर्च, छोराछोरीको पढाइ, लेखाइ ब्यवसयाले नै धानेको बताइन् ।

खर्च धानेर केही बचतसमेत गर्ने गरेकी छु उनी भन्छिन् । पहिले समूह, ब्यवसाय भन्ने थाहा नै थिएन, समूहमा लागेपछि ब्यवसाय गर्न सकिने बुझेर ब्यवसायमा आँट गरेकी हु । त्यसले अहिले म सन्तुष्ट छु । एक रुपैयाँ कमाई नहुने अवस्थाकी म अहिले लाखौ रुपैयाँको कारोबार गर्ने भएकी छु, सुनिताले भनिन् विना धितो ऋणले मेरो सोचाई नै फेरिदिएको छ, अहिले बाख्रामात्रै होइन घाँस खेती र खनिज ढिक्काको ब्यवसाय पनि सँगसँगै लिइरेहेकी छु । सुनिता भन्छिन्– संस्थाले सहयोग ग¥यो हामीले सहयोगलाई विश्वासमा पु¥याएका छौँ र आफूलाई आर्थिक पहुँजमा राखेका छौ ।
सुनिताको ब्यवसायमा अहिले विदेशिएका उनका श्रीमान् र घर परिवारले पनि राम्रो सहयोग गरिरहेका छन् । एकपछि अर्काे ब्यवसाय थप्दै गएकी सुनिता ऋण लिएर ब्यवसाय गर्ने अब्बल महिला ब्यवसायी बनेकी छन् । उनले यो ब्यवसायले आर्थिक रुपमा सक्षम बनाएको छ । गाउँमा स्थापना भएको महिला समूहमा सहभागी भएपछि उनलाई ब्यवसायले तानेको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रले महिलाहरुको सशक्तिकरणका लागि गाउँ–गाउँमा गरेको समूह गठन र त्यहि समूहमार्फत सञ्चालन गरेको लघुवित्त कार्यक्रममार्फत सुनिताले ऋण लिएर ब्यवसाय सुरु गरेको बताइन् ।
पहिले म र मेरो परिवारको खर्च धान्न श्रमिकको काम गर्नुुपर्ने अवस्था थियो, सुनिताले भनिन्, मेरा श्रीमान् पनि कमाउनकै लागि विदेश जानु भएको थियो, मैले घरमा ब्यवसाय गर्न सुरु गरेर राम्रो भएपछि उहाँ पनि घरमै फकर्नु भएको छ । आर्थिक अभावका कारण कसैसँग हात जोर्नु परेको छैन । सुनिताजस्तै अहिले दाङ केन्द्रले १९ हजार बढीलाई ब्यवसायमा प्रोत्साहन गरिरहेको जनाएको छ ।

सुनिताले अहिले ब्यवसायबाट जम्मा भएको आम्दानीबाट मासिक पाँच हजार बचतसमेत गर्ने गरेको बताइन् । उनले पनि लघुवित्तबाटै ऋण लिएर ब्यवसाय सुरु गरेको र आम्दानी पनि राम्रो गरिरहेको बताइन् । महिला सामुदायिक सेवा केन्द्रका कार्यकारी निर्देशक विमला योगीले महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको लघुवित्त कार्यक्रमले धेरै महिलाहरुलाई आर्थिक उपार्जनमा लगाएको बताइन् । योगीले सुनिताको ब्यवसायबाट राम्रो सन्देश दिएको बताइन् । २०५० सालमा संस्था स्थापना गरी ६० सालदेखि लघुवित्त कार्यक्रम सञ्चालन गरेर महिलाहरु, युवालाई ब्यवसायीक बनाइराखेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *