- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरबाईकलाई बचाउन खोज्दा बस दुर्घटना

बाईकलाई बचाउन खोज्दा बस दुर्घटना

- Advertisement -spot_img

तुलसीपुर, १६ बैशाख । दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटना हुँदा ९ जना यात्रु घाईते भएका छन् । आइतबार दिउँसो तुलसीपुर–६ हात्तीखौवामा ना ५ ख २२३४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना यात्रु घाईते भएका हुन् ।
घाइतेमध्ये घोराही–४ का बसन्त अधिकारीलाई थप उपचारका लागि कोहलपुर र बबई–५ का समीर विकको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा उपचार भईरहेको छ ।
अन्य घाईतेहरुको प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट बिराटनगरका लागि छुटेको उक्त बस हात्तिखौवा चोक नजिकै दुर्घटनामा परेको हो ।
विपरीत दिशाबाट आईरहेको बाईकलाई बचाउन खोज्दा बस दुर्घटना भएको सोही बसका स्टाप डण्डीराम आचार्यले बताए । तुलसीपुरबाट छुटेको केही समयमा नै बस हात्तिखौवाको चोक नजिकै बाईकलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो उनले भने ।
यसैबिच घोराही तुलसीपुर सडकखण्डको बिजौरीमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिदा दुईजना घाईते भएका छन् । एउटै दिशामा कुदिरहेको लु ४७ प ९७२६ नम्बरको मोटरसाईकललाई लिटिल फ्लावर इङ्लिस बोर्डिङ स्कुलको रा १ क ५३५ नम्बरको बसले ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाईकल चालक तुलसीपुर–१७ का निमबहादुर खत्री र सवार सिर्जना वली घाईते भएका छन् । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । चालकको तुलसीपुरमा भैरहेको र वलीलाई उपचारका लागि नेपालगंज लगिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here