Thursday, April 18, 2024
Homeफिचरबाँसगढी ज्ञानमहायज्ञमा भक्तजनहरुको भिड

बाँसगढी ज्ञानमहायज्ञमा भक्तजनहरुको भिड

- Advertisement -spot_img

तुलसीपुर, ५ कार्तिक । महायज्ञमा भक्तजनहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बाँसगढीस्थित कालिका–मालिका भगवती देवीस्थान मन्दिरको प्राङ्गणमा सुरू भएको ज्ञानमहायज्ञमा भक्तजनहरूको भिड लाग्दै गएको छ ।
आधुनिक धर्मशाला निर्माणार्थ एवं मन्दिरको स्तरोन्नतिका लागि असोज २९ गतेदेखि सुरू भएको महायज्ञको छैठौँ दिन (सोमबार) पनि भजनकीर्तन, दान, नाचगान गर्नेहरूको भिड लागेको छ ।
ज्ञानमहायज्ञमा ख्यातीप्राप्त पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिनाद्वारा भजनकीर्तन तथा धार्मिक प्रवचन भईरहेको छ । साथै कथाश्रवण, पाठपारायण, धार्मिक नाट्यकलालगायतका विभिन्न कलाहरू नियमित प्रस्तुत गरिदै आईएको छ ।
कार्तिक ७ गतेसम्म सञ्चालन हुने महायज्ञबाट संकलन भएको रकमले हिन्दुधर्म संरक्षण, सम्वद्र्धन र आन्तरिक पर्यटन तथा धार्मिक, साँस्कृतिक तीर्थस्थलको रूपमा विकास गरिने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मुल आयोजक समितिले बताएको छ ।

सोमबार साढे ३ लाख संकलन

यसैगरी महायज्ञमा सोमबार ३ लाख ५४ हजार २ सय २४ रूपैयाँ नगद संकलन भएको छ । जिन्सी तथा अन्य दानहरू नलिई नगद मात्रै संकलन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञका आर्थिक समिति संयोजक नवीन कुमार पोख्रेलले जानकारी दिए ।
आइतबारसम्म मात्रै १० लाख ६ सय २४ रूपैयाँ संकलन भएको बताउँदै उनले दिवा र रात्रीकालिन समयमा समेत आर्थिक सहयोग गर्नेहरूको संख्या अत्याधिक रहेको बताए ।
उनका अनुसार महायज्ञमा मुल आयोजक समिति संयोजक भाष्कर मजगैयाँले सबैभन्दा धेरै आर्थिक सहयोग गरेका छन् । गौतमले १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् भने लक्ष्मण योगीले १ लाख १ रूपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै सोमबार तुलसीपुर उपहानगरपालिका वडा नं. १८ निवासी ठाकुर प्रसादले २५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेका छन् ।
यसैगरी सेवा ईट्टा उद्योगले पनि २५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेको छ । त्यसैगरी तुलसीपुर–१९ निवासी दली रोकाले २५ हजार प्रदान गरेका छन् भने वडा नं १९ का प्रेम बहादुर बस्नेतले २३ हजार ३ सय ३३ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् भने १ हजारदेखि २० हजारसम्म आर्थिक सहयोग गर्नेहरूको संख्या अत्याधिक रहेको आर्थिक समितिले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here