बहुविवाहका आठ मुद्दा फैसलात

फिचर समाज

प्रदेश टुडे
तुलसीपुर, ११ फागुन । उच्च अदालत तुलसीपुरमा ६ महिनाको अवधिमा १२ वटा बहुविवाहको मुद्दा दर्ता भएको छ । गत साउनदेखि हालसम्म उच्च अदालत तुलसीपुरमा १२ वटा बहुविवाहका मुद्दा दर्ता भएकोमा आठवटा मुद्दा फैसला भएको छ ।

जिल्ला अदालतबाट फैसला हुन नसकेका मुद्दाहरू उच्च अदालत तुलसीपुरमा दर्ता भएको अदालतका नायब सुब्बा योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार तुलसीपुर उच्च अदालतमा अहिले दाङ देउखुरी जिल्ला अदालतसहित रोल्पा जिल्ला अदालत, प्यूठान जिल्ला अदालत र रूकुम पूर्व जिल्ला अदालतका मुद्दाहरू आउने गरेका छन् ।

जिल्ला अदालतमा फैसला भएका मुद्दामा चित्त नबुझेमा विवाहित जोडीहरू उच्च अदालतसम्म आउने गरेका छन् । कानुनअनुसार बहुविवाह गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना र १ बर्षदेखि दुई बर्षसम्म कैद सजाय हुने नायब सुब्बा खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *