- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरबहुप्राविधिक शिक्षालय खोल्न सहमति

बहुप्राविधिक शिक्षालय खोल्न सहमति

- Advertisement -spot_img

घोराही, ११ भदौ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ स्थित प्रावि कर्जाहीमा शहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न अनुमति दिने र आवश्यक सिफारिस उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको ३६औँ बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को बैठकद्वारा घोराही उपमहानगरपालिकामा कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । परिषद् र प्रावि कर्जाहीको मागसहितको निर्णयका आधारमा नगर कार्यपालिकाको बैठकले शहिद कृष्ण सेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न सहमति दिनुका साथै आवश्यक सिफारिस उपलब्ध गराउने निर्णय गरेको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कमा सुन छहारी प्राविधिक शिक्षालयले सिटिभिटीबाट उद्यम विकास सहजकर्ताको तालिम सञ्चालन गर्न अनुमति पाएको अवस्थामा कलेज सञ्चालनका लागि रायसहितको प्रतिवेदन तयार गर्न सामाजिक विकास समितिका संयोजक भरत अर्यालको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ ।
समितिको सदस्यहरुमा वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, इन्जिनियर रामधन श्रेष्ठ र सदस्य सचिवमा शिक्षा इकाईका प्रमुख नारायण पौडेल रहेका छन् । कार्यदलले तयार पारेको प्रतिबेदनको अध्ययन गरी नगर प्रमुखले आबस्यक निर्णय लिएर स्विकृत प्रदान गर्ने समेत निर्णय भएको छ । साथै बैठकले महेन्द्र बहुमुखी क्याम्पसमा शौचालय बनाउनका लागि १० लाख रुपैयाँ सहयोग गर्ने पनि निर्णय भएको छ । त्यसैगरी वीपी कोइरालाको शालिक निर्माणका लागि सम्बन्धित निर्माण समितिलाई १ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । साथै बैठकले नेपालका प्रथम शहिद लखन थापा मगरको नामलाई अभिलेखिकरण गर्ने पनि निर्णय बैठकले गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here