बहिरा विद्यार्थीलाई बुझौं

सम्पादकीय

भाषा आफैमा सर्वश्रेष्ठ छ । दोहोरो सञ्चारको माध्यम भाषा नै हो । भाषा जुनसुकै होस् सबै आफ्नो ठाउँमा महत्वपूर्ण हुन्छ । आवश्यकता अनुसार मानिसले भाषाहरु सिक्दै र भाषामा विकास गर्दै जान्छ ।
तर बोलेर प्रस्तुत हुने भाषाभन्दा नबोलेर प्रस्तुत हुने भाषा अरु भन्दा फरक हुन्छ । बहिराहरुको लागि बोल्ने भाषाले महत्व राख्दैन । उनीहरुको लागि साङ्केतिक भाषा आवश्यक पर्छ । तर त्यो भाषाको सबैमा ज्ञान हुँदैन ।
ज्ञान भएका र केही बुझ्नेहरुले पनि र नबुझ्नेहरुले साङ्केतिक भाषा बोल्नेहरुलाई हेर्ने र बुझ्ने दृष्टीकोण त्यस्तै प्रकारको हुन्छ । बहिरा विद्यार्थीहरुलाई भाषाका कारण अहिले पढाइमा समस्या भइरहेको सार्वजनिक भएको छ ।
विशिष्ठ प्रकारका बालबालिका र सामान्य प्रकृतिका बालबालिकालाई एकैथलोमा राखेर दिइने शिक्षा सबैका लागि प्रभावकारी हुदैन । बहिरा विद्यार्थीलाई अहिले त्यहि समस्या रहेको छ । यसमा भने सरोकारवालाहरुले ख्याल गर्नुपर्ने देखिन्छ ।
बहिरा विद्यार्थीहरुमा पढाइको सकस देखिनु हँुदैन । यसतर्फ सरोकारवाला पक्षले बहिराको समस्या बुझ्नुपर्छ । बहिरा बालबालिकाको पढाइको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ । बहिरा विद्यार्थीहरुमा सबैभन्दा बढी सकस कक्षा १० का विद्यार्थीको पढाइमा परेको छ ।
पाठ्यपुस्तक र पढाइ व्यवस्थापनमा उनीहरुलाई समस्या भएको सार्वजनिक कार्यक्रममै जानकारी गराइनुले उनीहरु भित्रको समस्या धेरै छ भन्ने प्रष्ट पारेको छ । बोल्न र सुन्न नसक्ने बहिराहरुको लागि पढाइमा पनि त्यहि खालको व्यवस्थापन हुनुपर्छ ।
आवासीय रुपमा सञ्चालन भएको विद्यालयहरुले शिक्षक र विद्यार्थीको भावना बुझेर त्यो खालको शिक्षा दिनसके मात्रै बहिराहरुले प्राप्त गर्ने शिक्षा प्रभावकारी हुनसक्छ ।
आफूले पढ्ने पाठ्यक्रम सहजरुपमा उपलब्ध नहुँदा र सामान्य जानकारी लिदा पनि दोभासेको सहयोग खोज्नुपर्ने अवस्थाले बहिराहरुलाई साँच्चिकै समस्या देखिन्छ । यो समस्यालाई सहज बनाउन आवश्यक छ ।
समस्या सबैका आ–आफ्नै हुन्छन् । बहिराहरुको समस्या पनि त्यहि मध्येको एक हो । समस्या समाधानका लागि सहयोगी आवश्यक पनि पर्छ । भाषाकै सञ्चारका समस्याले बहिरा विद्यार्थीलाई कक्षाकोठामा पनि सास्ती भोगेको अवस्था देखिनु शिक्षाका लागि राम्रो हैन ।
शिक्षा सबैको मैत्री हुनुपर्छ । त्यो मैत्रीको अनुभूति बहिरा विद्यार्थीहरुमा पनि देखिनु आवश्यक छ । यसलाई महत्वका साथ पनि हेरिन्छ । उनीहरु बहिरा भएकै कारण शिक्षाबाट ठगिनु हुँदैन । बहिराहरुको लागि मैत्री बनाउन उनीहरुको भावना बुझ्नै पर्छ । त्यो शिक्षा सरोकारवालाले गम्भीर भएर सोच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *