- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरबहसमा स्थायी राजधानी

बहसमा स्थायी राजधानी

- Advertisement -spot_img

घोराही, १४ फागुन । प्रदेश नम्बर ५ को स्थायी राख्ने कहाँ तोक्ने भनेर सबै जिल्लामा पुग्दै प्रदेशसभाले सुझाव संकलन गरिरहेको छ । प्रदेश नम्बर ५ का बाँके, बर्दिया, अर्घाखाँची, प्यूठान, पूर्वी रुकुमले सुझाव दिदै दाङमा स्थानीय राजधानी उपयुक्त भएको सुझाव दिइरहेका छन् । मंगलबार दाङमा पनि सुझाव संकलनको लागि प्रदेशस्तरीय टोली आइपुगेको छ । सरकारीले अस्थायी राजधानी बुटवल तोकेपनि त्यस बाहेकका अधिकांश जिल्लाका सरोकारवालाहरुले भने दाङलाई नै उपयुक्त स्थान देख्दा स्थायी राजधानीको बहसले चर्चा लिइरहेको छ । स्थायी राजधानी कहाँ तोक्ने भनेर यो विषयमा बहस तथा गृहकार्य गरेको पनि एक वर्ष भईसकेको छ । प्रदेशका सांसद कसैको पनि एकमत भने देखिएका छैनन् । कसैले पनि प्रादेशिक स्थायी राजधानीको मुद्दामा खुल्ला वहस गरेका छैनन् । सार्वजनिक कार्यक्रममा दाङलाई प्रादेशिक राजधानी बनाउनु पर्छ भन्ने वाहेक राजधानी नै दाङ हो भन्ने खालको वहस पनि भएको देखिदैन । दाङमा सुझाव संकलनको लागि प्रदेश सरकारको टोली आउने भएपछि मात्रै दाङबाट सबै प्रदेशसभा सदस्यहरुको जमघट भएको थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलको कार्यक्रमको आयोजना गरी बोलाएका थिए । सबै प्रदेशसभा सदस्यहरु एकैथलोमा भेट भएपछि मात्रै यो एउटा संयोगको भेटको रुपमा लिएका थिए । यि प्रदेशसभा सदस्यहरु पहिले नै वहस गरेर स्थायी राजधानी यसकारणले बन्छ वा यो ठाउँ, क्षेत्रफल उपयुक्त छ भन्ने एउटा खाका बनाइसक्नु पर्ने हो तर त्यसो देखिएको छैन् । छलफलमा सहाभागी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बुटवललाई स्थायी राजधानी नबनाउनको लागि अन्य जिल्लाको विरोध आईरहेको जानकारी गराए । ‘स्थायी राजधानीको लागि बुटवल हुँदैन्, अन्य जिल्लाले विरोध गरिरहेको अवस्था छ, त्यो सबैलाई थाहा छ’ छलफलमा सभासद् चौधरीले भने ‘त्यसको विकल्प कुन भन्ने अझै टुंगो लागेको छैन्, अझै मौका छ ।’ प्रदेशसभा सदस्य चौधरीले अन्य जिल्लाहरुले स्थायी राजधानीको विषयमा गृहकार्य गरेर टुंगो लगाईसके पनि दाङमा अझै निष्कर्षमा पुग्न नसकेको प्रति चिन्ता गरेका थिए ।

सबै प्रदेशसभा सदस्यहरु एकैथलोमा भेट भएपछि मात्रै यो एउटा संयोगको भेटको रुपमा लिएका थिए । यि प्रदेशसभा सदस्यहरु पहिले नै वहस गरेर स्थायी राजधानी यसकारणले बन्छ वा यो ठाउँ, क्षेत्रफल उपयुक्त छ भन्ने एउटा खाका बनाइसक्नु पर्ने हो तर त्यसो देखिएको छैन् ।

उनले भने ‘हामी संयम भएर सुझाव संकलन टोलीलाई सुझाव दिनुपर्छ ।’ छलफलमा प्रदेशसभा सदस्य दामा शर्माले नाम उताको र भूगोल यताको वहस गरिरहेको बताइन् । सबै सदस्यहरुलाई वहस यही योजना बनाएर अगाडि बढाउन सकिने उनले बताइन् । यहाँ भौगोलिक जग्गा प्रशस्त रहेको उनले बताइन् । इन्द्रजित थारुले नेतृत्व नै शंकास्पद रहेको बताउछन् । ‘स्थायी राजधानी बनाउने विषय लिएको नै शंकास्पद छ’ उनले भने ‘सबै प्रदेशसभा सदस्य र सरोकारवालाहरु सचेत हुनुपर्छ ।’ प्रदेशले सुझाव संकलन गरेको सायद यो पहिलो र अन्तिम हो । सोमबार भएको छलफलमा प्रदेशसभा सदस्य, यहाँका राजनीतिक दलहरुको भने कुनै तयारी देखिएन् । दाङको देउखुरी भालुवाङसम्म स्थायी राजधानी बनाउने योजना देखिए पनि त्यो स्तरको गृहकार्य भएको छैन् ।
भालुवाङको राप्ती नदीलाई तटबन्ध गरेर प्रसस्त जग्गा निकाल्न सकिने उनीहरुको योजना छ । तर, त्यो जग्गा कसले तटबन्ध गर्ने, कति क्षेत्रफल निस्कन्छ भन्ने आँकलनसमेत छैन् । त्यहाँका सरोकारवालाहरुसँग कुनै छलफल भएको देखिएको छैन् । त्यहाँको जग्गाले प्रदेश स्थायी राजधानी बन्नको लागि पुग्छ कि पुग्दैन् भन्ने पनि हेक्का छैन् । त्यस्तै दाङमा गुठीको जग्गा प्रसस्त छ भन्ने कुरा पनि उठ्छ । यहाँका प्रदेश सभा सदस्यहरु र सरोकारवालाहरुले नै दाङका कहाँ कति गुठीको जग्गा छ भन्ने एकीन तथ्यांक छैन् । यदि स्थायी राजधानी बनि हालेमा त्यो जग्गा हस्तान्तरण हुन्छ वा हुँदैन् भन्नेमा पनि छलफल छैन् । त्यस्तै एक पक्षले विजौरीमा स्थायी राजधानी तोक्नुपर्छ भन्ने छ भने अर्को पक्ष देउखुरीमा स्थायी राजधानी बनाउनु पर्छ भन्ने अन्तरद्वन्द्वसमेत चलेको छ । कार्यक्रममा सहभागी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, अमर डाँगी, अमरबहादुर डाँगी, अर्जुन श्रेष्ठ, दामा शर्मा, रेवती रमण शर्मा, ईन्द्रजित थारु, धमकली चौधरीको उपस्थिति रहेको थियो । उीनहरुले सबैको पायक पर्ने स्थानमा प्रादेशिक राजधानी हुने मात्र बताएका थिए । स्थानीय राजधानीको विषयमा चासो र चिन्ता भएकाले आ–आफ्नो तर्फबाट दबाव दिइरहेको बताएका थिए । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालको अध्यक्षतामा छलफल भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here