- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरबस दुर्घटना, २३ पुग्यो मृत्यु हुनेकोे संख्या

बस दुर्घटना, २३ पुग्यो मृत्यु हुनेकोे संख्या

- Advertisement -spot_img

तुलसीपुर, ८ पुस । राप्ती राजमार्गको राम्रीमा शुक्रबार साझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । २२ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा शनिबार बाँकेमा मृत्यु भएको हो । घोराहीमा भर्खरै मात्र सञ्चालन आएको सहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय दाङका विद्यार्थी सवार बस शुक्रबार साझ राम्री दुर्घटना भएको थियो । बोटनी विषय अध्ययनरत विद्यार्थी प्रगोगात्मक अध्ययनका लागि शुक्रबार सल्यान गएका विद्यार्थी फर्कदै गर्दा राजमार्गको तुलसीपुर–कपुरकोट सडकखण्डमा पर्ने राम्रीमा दुर्घटना भएको थियो । मृत्यु भएका २३ जनामध्ये १९ जना शिक्षालयका विद्यार्थी, २ जना शिक्षक र दुईजना बसका स्टाफ रहेका छन् । यसमा ४ जना महिला रहेका छन् । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौँमा उपचार भइरहेको छ भने १ जनाको डिस्चार्ज गरिएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शनिबार मात्रै पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दाङका अनुसार बस दुर्घटनामा परी मृत्यु भएका २३ जनाकै सनाखत भएको हो । ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रेम शाहीले दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १÷१ जना रहेका छन् ।
मृत्यु हुनेहरुमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदीप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश ओली, बसका सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का २२ बर्षीय गणेश विक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती मगर, बबई गाउँपालिका वडा नम्बर ५ का २१ बर्षिय कविता खत्री, दंगीशरण गाउँपालिका वडा नम्बर १ का २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् । त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ६ का १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ३ का १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दर गाउँपालिका वडा नम्बर ५ का २० बर्षिय विरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका वडा नम्बर ५ का १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान नगरपालिका वडा नम्बर १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ वडा नम्बर १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ वडा नम्बर ५ का देवीप्रसाद उपाध्याय, जुम्ला तिला गाउँपालिका वडा नम्बर १ का जंगबहादुर विक, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर १० का बिपना खत्री, जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का रमेश उपाध्याय रहेका छन् । त्यस्तै विद्यार्थी डोल्पा जग्दुला–७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका–५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढीगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परी मृत्युभएको छ । दुर्घटनाका परी १९ पुरुष र ४ महिलाको मृत्यु भएको हो ।

शव लिन हेलिकप्टर प्रयोग

दुर्घटनामा परी मृत्यु भएकाहरुको जुम्ला र डोल्पाका विद्यार्थीको शव नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी गृह जिल्ला लगिएको छ । शनिबार जुम्लाका ७ र डोल्पाको एक शवलाई हेलिकप्टरमार्फत गृह जिल्ला लगिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । जुम्लाका अन्य शव आफन्तले दाङमै बुझेको जुम्ला लिनु नपर्ने भएकाले नपठाइएको दाङका प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले बझाङ र बाजुराको घर भएकाहरुको शव भने राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ । आफन्तहरु आइ नपुगेका र सम्पर्क पनि नभएकाले शवगृहमै शव राखिएको रिजालले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here