बस दुर्घटना, २३ जना घाइते

मुख्य खबर

सल्यान, २३ फागुन । बुधबार सल्यानमा भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई नेपालगंज रिफर गरिएको छ भने बाँकी २० जनाको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको सिस्ने हिमाल यातायातको ना ४ ख ५३७३ न को बस राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डको शारदा नगरपालिका–१ चैवाङ ज्युलामा दुर्घटनामा परेको थियो । थप उपचारका लागि नेपालगंज रिफर गरिएका घाइतेहरूमा सल्यान शारदा नगरपालिका–१२ का ५० वर्षीय राजकुमार विक, बागचौर नगरपालिका १ का ३१ वर्षीय हेमराज बुढामगर, बागचौर नगरपालिका वडा न ३ की २८ वर्षीया प्रतिमा बुढाथोकी रहेका छन् ।
अन्य घाइतेहरूमा बागचौर नगरपालिका ७ का ३० वर्षीया रीता शर्मा, कुमाख गाउँपालिकाका २२ वर्षीय राकेश विक, सिद्ध कुमाख गाउँपालिकाका ३६ वर्षीय गंगाराम बुढाथोकी, शारदा नगरपालिका–९ का खिमबहादुर परियार, सिद्ध कुमाख गाउँपालिका–३ का २६ वर्षीय रमेश परियार, दार्मा गाउँपालिका–५ का २५ वर्षीय खुमराज खड्का, शारदा नगरपालिका–८ का ३२ वर्षीय केशर विक रहेका छन् ।
यस्तै, रुकुम रुकुमकोट–५ की १६ वर्षीया जनमाया परियार, रुकुम मुसिकोटकी १६ वर्षीया गीतु परियार, रुकुम खलंगा निवासी अमर परियार, रुकुमकोटकी टीका परियार, आठविसकोटकी माया परियार, सोही ठाउँकी ४० वर्षीया विमला परियार, रुकुम गुमेकी १२ वर्षीया सपना शेर्पाइली, रुकुम बाँफिकोट–३ का २२ वर्षीय मदन केसी, मुसिकोट–१ का १८ वर्षीय रमेश विक, आठविसकोट–३ का १८ वर्षीय यमराज नेपाली रहेका छन् ।
यस्तै, काठमाडौंका ५२ वर्षीय अग्र विष्ट, सोही ठाउँका ३५ वर्षीय महेन्द्र बुढाथोकी, म्याग्दी वेनी–४ का २० वर्षीय जीवन क्षेत्री रहेका छन् । गाडी के कारण दुर्घटना भयो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *