बस दुर्घटना १८ घाइते

फिचर मुख्य खबर समाज

देउखुरी, ३ मंसिर । भालुवाङबाट लमहीतर्फ आउँदै गरेको ना ३ ख ९४७ नम्बरको यात्रुबाहक माईक्रोबस आइतबार दुर्घटना भएको छ । लमही नगरपालिका–३ टिकुलीगढमा बस दुर्घटना भएको हो । दुर्घटनामा परि बसमा सवार १८ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुण कुमार सिंहका अनुसार बसको मेन पट्टा भाँच्चिदा बस दुर्घटना भएकोे र दुर्घटनामा परि घाइते हुनेहरुमा मल्लरानी गाउँपालिका वडा १ नम्बर चोरपानी प्यूठान निवासी ५७ वर्षिय गोविन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २५ वर्षिय दिपक जिसी, राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ३५ वर्षिया प्रमिला अधिकारी, सोही ठाउँ निवासी १९ वर्षिय विशाल अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर निवासी २७ वर्षिया सरिता चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी २३ वर्षिया निर्मला कोइराला रहेका छन् ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी १६ वर्षिया रमा खाम्जा, सोही ठाउँ निवासी ४० वर्षिया राधा खड्का, राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनिया निवासी १४ वर्षिय ढोरबहादुर परियार, विनिता परियार , राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनिया निवासी ४५ वर्षिया हिमा गाहा मगर, राप्ती गाउँपालिका वडा नम्बर ८ कहलवा निवासी ६४ वर्षिया शिवा भण्डारी, लमही नगरपालिका वडा नम्बर २ डोरही निवासी ३५ वर्षिय विगुलाल चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी ५५ वर्षिय भगवत चौधरी, लमही नगरपालिका वडा नम्बर २ नर्ति केरुनियाँ निवासी ७० वर्षिय सुरज चौधरी, लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी २५ वर्षिय सन्तुलाल चौधरी, लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी रणबहादुर विक, लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी ३० वर्षिया प्रमिला चौधरी र लमही नगरपालिका वडा नम्बर २ सुनडबरी बरुवागाउँ निवासी, ३५ वर्षिया विमला चौधरी रहेका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुणकुमार सिंहले जानकारी दिए । घाईतेहरु मध्ये केहीको लमही अस्पताल, सिड अस्पताल लमही र फ्लोरेन्स अस्पताल लमहीमा उपचार भैरहेको र केहीको प्रारम्भिक उपचारपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ । प्रहरीले माइक्रोबस र बसका चालक हेमन्त वलीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *