बस दुर्घटनामा एकको मृत्यु

मुख्य खबर

घोराही, ५ चैत । दाङमा सोमबार भएको बस दुर्घटनामा परी एक जनाको मृत्युभएको छ भने कम्तिमा ३५ जना घाइते भएका छन् । घोराही–होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा बसका सहचालक हर्कबहादुर पुनको मृत्यु भएको हो ।
ना ४ ख ६०९४ नम्बरको बस तिब्रगतिमा रहेको र जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक विकले जानकारी दिए । बस सडक छेऊमा रहेको कल्र्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ । दुर्घटनामा अहिलेसम्म ३५ जना यात्रु घाइते भएको नामावली आएको प्रहरीले जनाएको छ । गम्भीर केही घाईतेहरुलाई घोराहीमा प्रारम्भिक उपचारपछि जिल्ला बाहिर पठाईएको छ भने अन्य घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *