Tuesday, March 26, 2024
Homeमुख्य खबरबस्नेतको उपचारमा सहयोग

बस्नेतको उपचारमा सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ८ भदौ । वैदेशिक रोजगारमा मलेसिया पुगेर कामकै सिलसिलामा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १०का डम्वर बस्नेतलाई नेपालबाट उपचार खर्च पठाइएको छ । सवारी दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बस्नेतलाई उपचारमा सहजताका लागि युवाहरुले रकम संकलन गरेर पठाएका हुन् । राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियु सदस्यसमेत रहेका बस्नेत आर्थिक समस्याका कारण २०७२ सालमा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएको र उपचारमा समस्या भएको खबर सुनेपछि उपचारका लागि राप्ती बबई क्याम्पस तुलसीपुर स्ववियुको पलहमा झण्डै एक लाख ५४ हजार रुपैयाँ संकलन गरी बस्नेत परिवारलाई हस्तान्तरण गरिएको छ । डम्बर बस्नेत बचाउँ अभियान सञ्चालन गरी संकलन गरिएको १ लाख ५४ हजार ३ सय २१ रुपैयाँ बस्नेतकी श्रीमती ओम बस्नेतलाई शुक्रबार तुलसीपुर हस्तान्तरण गरिएको अभियानका संयोजक तथा स्ववियु सभापति अनिल कुमार कार्कीले बताए । ३१ बर्षिय बस्नेतको तालु (निधारको माथिल्लो भागको हयी) मलेसियास्थित सुगाईवुलो अस्पतालमा आईसीयुमा विशेष किसिमले राखिएको र त्यो प्रत्यारोपणको लागि २८ हजार मलेसियन पैसा (नेपाली आठ लाख ) आवश्यक पर्ने भएको र उपचारमा आर्थिक अभाव देखिएपछि सहयोग जुटाएर उपचारमा सहयोग गर्न थालिएको कार्कीले बताए । पाँच महिनापछि उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बस्नेतका साढुदाइ प्रभात ओली जानकारी दिए । बस्नेतकी श्रीमती ओम ओलीले श्रीमानको उपचारमा आर्थिक समस्या रहेको बताइन् । उनले अहिले तालुको प्रत्यारोपणको तयारी भएको बताइन । आर्थिक सहयोग संकलन अभियानका संयोजक एवं स्ववियु सभापति अनिलकुमार कार्की, सदस्यहरु घनश्याम भण्डारी, किरण केसी, बसन्त बस्नेत, मेहरमान वली, हरि बिसी र प्रेम डाँगीले उक्त रकम डम्बरकी श्रीमती ओमलाई हस्तान्तरण गरेका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा ओम बस्नेतले वैदेशिक रोजगारका क्रममा मलेसिया पुगेका श्रीमान डम्बर दुर्घटनामा पर्नु र उनको उपचारका लागि निकै समस्या भई रहदा आर्थिक संकलन गरिदिनुहुने प्रति आभार ब्यक्त गरेकी छन् । बस्नेतको उपचारका लागि दीपक लामिछानेले २ हजार, अर्जुन बस्नेतले २ हजार, झग्गु तिवारी १ हजार ५ रुपैयाँ, पूर्ण खड्का २ हजार, रामकुमार जिएम १ हजार, दिनेश डिसी १ हजार, जीवन भण्डारी ५ हजार, प्रेम डाँगी २ हजार, रमेश साहु १ हजार, ध्रुव केसी ४ हजार, सुशील कुमार वली २ हजार, घनश्याम भण्डारी एक हजार, बिष्णु न्यौपाने १ हजार, जयबहादुर भण्डारी १ हजार, चक्र भण्डारी २ हजार उपचारार्थ आर्थिक सहयोग गरेका छन् । त्यस्तै बिबिए प्रथम बर्षबाट १२ सय, शान्तराज गौतम ४ हजार, शंकर डाँगी मार्क कलेज १७ हजार, टोपेन्द्र खड्का ५ सय, लोकमाया रोका ५ सय, डम्वर रोकाय १ हजार, सुवास अधिकारी १ हजार, द्रोण वली २ हजार, हिमाल कँडेल १ हजार, नारायण राना १ हजार, जनकप्रसाद खराल ५ हजार, रेशम खड्का १ हजार, रबी बुढाथोकी २ हजार, सुरेन्द्र भण्डारी २ हजार, शशीराम पाण्डे १ हजार ५ रुपैयाँ, गौरव सुबेदी १५ सयले बस्नेतको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
यस्तै दुर्घटनाबाट घाईते भई मलेसियामा उपचार गराई रहेका बस्नेतलाई मेहरमान वली २ हजार, कृष्ण खडका र दुर्गा खडकाले ४ हजार, यज्ञमुर्ति गौतम १ हजार, अमृतप्रसाद शर्मा ५ सय, ग्रेट अरनिको १० हजार, जीवन खड्का १५ सय, माधव वली १ हजार, देवीराम कुसारी र टीकाबहादुर कुसारी ११ हजार १ सय ११, बिनोद पाण्डे १ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै आकाश भण्डारी ५ सय, अनिलकुमार कार्की २ हजार, किरण केसी १ हजार, वीरेन्द्र महरा १५ सय, हरि विक १ हजार, केशव गिरी १५ सय, बिष्णु बस्नेत ५ सय, हुकुम बस्नेत ५ सय, राप्ती बबई बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यपाक र कर्मचारीबाट ३५ हजार ५ सय र राप्ती बबई क्याम्पसबाट १० हजार उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ । राप्ती बबई क्याम्पस स्ववियु सदस्यसमेत रहेका डम्वर २०७२ सालमा वैदेशिक रोजगारका लागि मलेसिया पगेका थिए । यसैबीच बस्नेतको उपचारार्थ सहयोग गर्नुहुनेप्रति डम्वर बस्नेत बचाउँ अभियानका संयोजक एवं राप्ती बबई क्याम्पस स्ववियु सभापति अनिलकुमार कार्कीले सहयोगी दाताहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् । साथै बस्नेतको स्वास्थ्य लाभको कामनासमेत अभियानले गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here