- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरबसोबास र कृषि क्षेत्र तोकियो

बसोबास र कृषि क्षेत्र तोकियो

- Advertisement -spot_img

Ιघोराही, २८ चैत । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बसोबास र कृषि क्षेत्र तोकेको छ । उपमहानगरको ५३औँ कार्यपालिका बैठकले कृषि क्षेत्रको जग्गालाई खण्डीकरण हुनबाट बचाउन बसोबास र कृषि क्षेत्रको मापदण्ड बनाएको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले जग्गा उपयोग विश्लेषण समितिमा गहन छलफल गरी दीर्घकालिन सोंचका साथ कृषि क्षेत्रलाई खण्डीकरणबाट बचाउन बसोबास र कृषि क्षेत्रको मापदण्ड पारित गरेको हो ।
जस अनुसार उपमहानगरको वडा नम्बर १४ र १५ को भूभागलाई बसोबास क्षेत्र तोक्ने निर्णय भएको छ । त्यसैगरी, वडा नम्बर ३ र ४ मा पर्ने घोराही लमही सडकखण्डको दायाँबायाँ पाँच सय मिटरको क्षेत्रलाई बसोबास र घोराही तुलसीपुर सडकखण्डको वडा नम्बर १०, ११ र १६ मा एक हजार मिटर दायाँबायाँ बसोबास क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता भरत अर्यालले जानकारी दिए ।
त्यसैगरी, शहिद मार्ग र विपी मार्गको २ सय ५० मिटर दायाँबायाँ बसोबास, साविक गाउँ ब्लक क्षेत्र, नगर विकासको आयोजनाले बस्ती विकास गरेको क्षेत्रलाई बसोबास क्षेत्र तोक्ने बैठकले निर्णय गरेको छ ।
साथै लामो समयदेखि बसोबास गरेको क्षेत्र, आधारभूत सुविधा पुगेका नयाँ बस्तीहरुलाई बसोबास क्षेत्रकै रुपमा विकास गर्ने पनि मापदण्डबाट पारित गरिएको छ ।
उपमहानगरपालिकाको मापदण्डभित्र बनेका पक्की सडकको एक सय मिटर दायाँ बायाँ र बाँकी अन्य ग्राभेल सडक हकमा ५० मिटर दायाँ बायाँ बसोबास क्षेत्र तोक्ने पनि बैठकले निर्णय गरेको छ । कृषि सडक हकमा मापदण्ड लागू नहुने भएको छ ।
तर बाढी पहिरोको जोखिम, वन, सिमसार, धार्मिक, ऐतिहासिक तथा पुराताङ्खिवक र अन्य संरक्षित क्षेत्रलाई बसोबास क्षेत्रको रुपमा नलिइने प्रबक्ता अर्यालले जानकारी दिए ।
यसैबीच नयाँ कायम गर्ने बाटोको चौडाई कम्तिमा ७ मिटर निकाससहित नेपाल सरकारको नाममा लगत कट्टा कायम गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । कित्ताकाट गर्दा र बाँकी रहने जग्गामा न्युनतम ८ मिटर मोहडा र ८ धुर क्षेत्रफल कायम हुनुपर्ने नियम बनाईएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here