बसपार्कमा सरसफाई्

फिचर मुख्य खबर समाज

तुलसीपुर, २९ साउन । तुलसीपुर उपमहानगरपालिका बसपार्क जाने मुख्य सडकमा मंगलबार सरसफाई गरिएको छ । नयाँ बसपार्क निर्माणको अन्तिम चरणमा रहेको तर पुरानो ठाउँमा सरसफाई नभएको गुनासो आएपछि नगरप्रमुख घनश्याम पाण्डेसहित विभिन्न क्षेत्रका व्यक्तिहरु आफै खटेर सरसफाईमा लागेका थिए ।
बसपार्क आसपासमा रहेका विभिन्न गुट्खा, सूर्तिजन्य वस्तुका खोलहरुका साथै बन्द अवस्थामा रहेको नाला समेत सरसफाई गरिएको थियो ।
कार्यक्रममा सरसफाई पश्चात बोल्दै नगरप्रमुख पाण्डेले एउटाले फोहोर र अर्काले सफा गर्ने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक भएको बताए । सचेत मानिसले समेत जथाभावी फोहोर गर्ने गरेको बताउँदै सरसफाईका लागि जरिवाना नै लागू गर्न उपमहानगरपालिका बाध्य भएको उनको भनाई थियो । ‘डस्टविन खाली छ तर बाटोमा फोहोर छ यस्तो पनि हुन्छ ?’ उनले भने ।
उपमहानगरपालिकाले सरसफाई गरेर मात्रै बजार सफा हुन नसक्ने बताउँदै उनले जनता नै सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा सरसफाई समिति संयोजक नवराज लामिछानेले सरसफाई अभियानमा जनताको साथ आवश्यक रहने कुरामा जोड दिए । सरसफाई अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर नगर जेसिज, रोटरी क्लव, रोट्रयाक्ट क्लव, लायन्स क्लव, भूतपूर्व प्रहरी संगठनलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *