बसन्त पञ्चमीमा बालबालिकालाई अक्षाराम्भ

फिचर समाज

घोराही, २८ माघ । बसन्त पञ्चमीको अवसरमा बालबालिकालाई अक्षाराम्भ गराइएको छ । घोराहीको शान्ति निकेतन विद्यालयले २४ जना विद्यार्थीहरुलाई अक्षाराम्भ गराएको छ । विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षता एवं प्रबन्ध निर्देशन सुनिल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पीजी कक्षामा भर्ना भएका बालबालिकाहरुलाई टीका, खादाले स्वागत गर्दै अक्षाराम्भ गराइएको हो ।
पूर्व प्राथमिक तहलाई मन्टेश्वरी विधिबाट पठनपाठन गराइहेको भन्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले सबैको रोजाइको विद्यालय बनाउने तयारीमा आफूहरु रहेको बताए । आगामी शैक्षिक शत्रदेखि अधारभूत तहका कक्षाहरुलाई प्रविधिमैत्री बनाउने तयारीमा रहेको पौडेलको भनाइ थियो । उक्त अवसरमा कक्षा ७ मा अध्ययन छात्रा एञ्जिला चौधरीलाई पुरस्कृत गरिएको थियो । छात्रा स्वर्गीय शिवा चौधरीको स्मृतिमा परिवारले विद्यालयमा स्थापना गरेको शिवा स्मृति पुरस्कारबाट शैक्षिक शत्र २०७४ को वार्षिक परीक्षामा प्रथम छात्रा एञ्जिलालाई पुरस्कृत गरिएको थियो । २०७० साल मंसिर १४ गतेका दिन सवारी दुर्घटनामा परी शिवाको निधन भएको थियो ।
हिन्दू विद्यापीठको

२७औँ वार्षिकोत्सव

यसैबीच घोराहीमा रहेको हिन्दू विद्यापीठ नेपालले आफ्नो २७औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले आइतबार विभिन्न कार्यक्रम गरी २७औँ वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद योगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका शिक्षा शाखा अधिकृत नारायण पौडेलको प्रमुुख आतिथ्यतामा वार्षिकोत्सवको उद्घाटन गरिएको हो ।
विद्यालयकी शिक्षिका शोभा पौडेलको स्वागत मन्तव्यबाट शुुरु भएको वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पदमप्रसाद शर्मा, रामदयाल गुप्ता, लक्ष्मी श्रेष्ठलगायतले बालबालिकाको शिक्षासँगै असल संस्कार सिकाउनुपर्ने बताए । कार्यक्रममा विद्यालयमा रेवतादेवी योगीले स्थापना गरेको सुुकदेव रेवता योगी पुरस्कारबाट कक्षा १० मा अध्ययनरत्त छात्रा सुप्रिया चौधरीलाई प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य मधुसुदन पन्तले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यार्थी श्रवण नेपाली र लक्ष्मी विकले गरेका थिए ।

तुलसीमा बसन्त पूजा

तुलसीपुरको तुलसी आवासीय विद्यालय तुलसीपुरका बसन्त पञ्चमीको अवसरमा विद्यालयका सरस्वती पूजा गरिएको छ । विद्यालयका प्राचार्य भिष्मबहादुर केसीको अध्यक्षतामा सरस्वती पूजा गरिएको हो ।

सक्सेसमा सरस्वती पूजा

सप्तरङगी इङ्लिस मिडियम स्कुल (सक्सेस) तुलसीपुर–९ बेलुवाले बसन्त पञ्चमीको अवसरमा विद्यालयका कार्यक्रम गरेको छ । विद्यालयका आएका नयाँ विद्यार्थीलाई अक्षाराम्भ र सरस्वती पूजा गरिएको हो । विद्यालयका प्रिन्सिपल छविकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *