- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरबलिदानबाट आएको परिवर्तन संस्थागत गरौंः कोइराला

बलिदानबाट आएको परिवर्तन संस्थागत गरौंः कोइराला

- Advertisement -spot_img

घोराही, १३ चैत । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शहिदहरुको बलिदानबाट भएको परिवर्तनलाई संस्थागत गर्नु सबैको दायित्व भएको बताएका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा मारिएका घोराही उपमहानगरपालिका–१९ सैघाका नेपाली काँग्रेसका नेताहरु माधव रावत र लालबहादुर घर्तीको स्मृतिमा निर्माण गरिएको शालिकको मंगलबार अनावरण गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले शहिदहरुको बलिदानलाई भुल्न नहुने बताए ।
शहिदको बलिदानीको सम्मान र प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व सबै राजनीतिक दलहरुको भएको भन्दै महामन्त्री कोइरालाले सहकार्यबाटै समृद्धि सम्भव हुने बताए ।
महामन्त्री कोइरालाले नेपालका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको जिकिर गर्दै वर्तमान सरकारले जनता मत जिते पनि मन जित्न नसकेको टिप्पणी गरे । महामन्त्री डा. कोइरालाले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर एकलौटी अघि बढ्दै आएको भन्दै यसले राम्रो नहुने बताए ।

महामन्त्री कोइरालाले नेपालका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको जिकिर गर्दै वर्तमान सरकारले जनता मत जिते पनि मन जित्न नसकेको टिप्पणी गरे ।


कोइरालाले सहकार्य र सहमतिबाटै विकास सम्भव हुने भन्दै दम्भले कसैको पनि हित नहुने ठोकुवा गरे । जनमतलाई समृद्धिसँग जोड्न जनताकै बीचमा जानुपर्ने भन्दै उनले राजनैतिक सहमति पनि खोज्नुपर्ने बताए । आफ्नो गाउँ ठाउँको विकासमा सशक्त भएर लाग्न र पार्टीलाई एकता बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
नेपाली काँगे्रसले सैघाको लाकुरीडाँडामा शहिद रावत र घर्तीको शालिक निर्माण गरेको हो । नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले निर्माण गरेका शालिक तथा पार्टी कार्यालय निर्माण गरेको हो ।
नेपाली काँग्रेस घोराही–१९ का पार्टी सभापति ज्ञानबहादुर रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, दिपक गिरी, गुरु घिमिरे, कल्याण गुरुङ, किशोरसिंह राठौर, सञ्जय गौतमले सरकारले दुई तिहाई बहुमतको दम्भ देखिएको बताए । रावत र घर्तीलाई तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए । यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले आफ्नो पार्टीलाई एक ढिक्का बनाउने अभियानमा रहेको बताए ।

सभापति फेर्न माग

यसैबीच नेपाली काँग्रेसका महामन्त्री शंशाक कोईरालाले पार्टीको सभापति फेरिनु पर्ने बताएका छन् । पार्टी कार्यालयमा भएको कार्यक्रममा महामन्त्रि कोइरालाले काँग्रेसभित्र परिवर्तन जरुरी भइसकेको भन्दै यसलाई कसैले पनि छेक्न नसक्ने बताए ।
कोइरालाले काँग्रेसभित्र परिवर्तन नआएमा र अनुभूति नभएका पार्टीले गति लिन नसक्ने ठोकुवा गरे । उनले यसका लागि पहिले पार्टी सभापति फेरिनु पर्ने दाबी गरे ।
कोइरालाले आफूले यो विषय पटक–पटक उठाउँदै आएको समेत जानकारी गराए । अरुभन्दा पनि सभापति परिवर्तन गर्नुपर्ने कुरा रहेको छ, महामन्त्री कोइरालाले भने– सबैको राय, सल्लाह, सुझाव पनि त्यही छ, मैले पनि त्यही आवश्यकता देखिरहेको छु ।
कोइरालाले अबको सभापति को बन्ने भन्ने विषय छलफल गरेर जान सकिने बताए । कसले पार्टीको बागडोर सम्हाल्ने भन्ने कुरा पछि छलफल गर्दै जाउला उनले भने, पार्टीमा आवश्यकता अनुसारको नेतृत्व आउँछ ।’ काँग्रेस एक भए आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न सकिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here