बलात्कारीलाई पत्र

फिचर समाज साहित्य

ओहो ! कति स्वतन्त्र छस् है तँ ? धर्तीलाई बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् ? तर सुन, यो धर्ती तेरो पनि हो, मेरो पनि हो । यी पाइलाहरु टेक्ने अधिकार तेरो पनि छ, मेरो पनि छ ।
हरेक दिन हिड्दा अँध्यारो उज्यालो पार्ने त्यो आकाश तेरो पनि हो, मेरो पनि हो । शरीर तेरो पनि छ, मेरो पनि छ । यो समाज यो देश तेरो पनि हो, मेरो पनि हो । यो माटो तेरो पनी हो मेरो पनी हो । अनि,अस्तित्व तेरो पनि छ, मेरो पनि छ ।
हेर, बलात्कारी आज तलाई किन यसो लेख्दैछु सुन्दैजा । कान भए पनि बहिरो नबनेस् । आँखा भए पनि अन्धो नबनेस् । आँखा नदेख्नेहरु कान नसुन्नेहरु कति सभ्य हुन्छन् तलाई थाहा छैन होला । तर तेरा दुबै आँखा कान भए पनि त कति असभ्य छस है ? छि छि … मैले तलाई लेखेका शब्दहरु नै दुर्गन्धित हुन्छन् होला ।
मन त छ महाकाली र विरभद्रले महादेवलाई अनेकथरी निन्दा गरेर सतिदेवीलाई नै अग्नीकुण्डमा होमिन बाध्य पार्ने दक्षप्रजापतिको नै शिर छेदन गरेर रगत पिए झैँ तेरो पनि जीउँदै रगत पिएर चितामा जलाई दिऊँ !
तर तेरो त रगत पनि खाना लायक छैन । तेरो जलेको चिताको धुवाँ चारैतिर फैलिएपछि फेरि त्यो धुवाँले हजारौ बलात्कारी जन्माउला त्यसैले तँ चितामा जलाउन लायक पनि छैनस् ।
मेरो दिदी र बहिनीको शरीर निवस्त्र पारेर, आफ्नो तिर्खा मेटेर बलात्कार गरेर अझ तँ खुलेयाम सभ्य बनेर सम्मानका साथ यही समाजमा हिड्दैछस् हैन ? कानूनलाई आमा बनाएर सजिलैसँग बाहिर निस्केर, तैले आज मेरा दिदीबहिनीहरुको हैन आफ्नै जन्मदिने आमाको खुलेआम बलात्कार गरेको छस् ।

मेरो दिदी र बहिनीको शरीर निवस्त्र पारेर, आफ्नो तिर्खा मेटेर बलात्कार गरेर अझ तँ खुलेयाम सभ्य बनेर सम्मानका साथ यही समाजमा हिड्दैछस् हैन ? कानूनलाई आमा बनाएर सजिलैसँग बाहिर निस्केर, तैले आज मेरा दिदीबहिनीहरुको हैन आफ्नै जन्मदिने आमाको खुलेआम बलात्कार गरेको छस् ।

ए नरभक्षी, बलात्कारी तेरा आँखाहरु क्षमा दिन लायक पनि छैनन् भने म तँलाई कसरी क्षमा दिन सक्छु । तेरो के अस्तित्व छ र ? के त मान्छे होस् र ? तँ त एउटा नरपिशाचु होस् ।
तेरो अस्तित्व त यो पृथ्वीले सहन नसकेर दुर्गन्धित हावामा उडिरहेको छ । जहाँ सभ्य मान्छेहरु नाक थुनेर हिड्छ्न भने असभ्यहरु सुँघेर हिड्छन् ।
असभ्यमा यही तलाई दण्ड दिने कानून पनि पर्छ किनभने तलाईँ दिनुपर्ने दण्ड नदिएरै सुँघेरै पठाइदिन्छ । अनि फेरि गिद्दले सिनो झम्टे झै अर्की आमालाई निवस्त्र पारेर बलात्कार गर्न तल्लिन हुन्छन् तेरा आँखाहरु ।
ओहो ! बलात्कारी तेरा त धम्कीहरु पनि कति छन्, कति छन् ? एक्लै बलात्कार गर्न नसकेर मेरा बा, आमा दाजुभाइलाई नै मार्ने धम्की दिएर सजिलै बलात्कार गर्छस् है ? हेर त एक पटक पछाडि फर्केर ? कहाँसम्मको छ तेरो हैसियत ।

मेरा दिदीबहिनीहरुको सपना अनि जिन्दगी लिलामी बनाइदिने ए राक्षस आ सक्छन् भने फेरि बलात्कार गर । मेरी दिदीको सुन्दर बैशालु घामहरु लुटेर पनि ऊ जीउँदै छे । बहुलाएकी छन् आमा । चिहान बर्बराइरहेको छ बहिनीको ।
आइज यो सडकमा निस्किएर हेर । म पनि नाङ्गै निस्किएकी छु भोग गर मलाई पनि । अब त तैले वस्त्र जबजस्ती खोल्नु पनि पर्दैन । उनीहरु आफै खोलिनेछन् । तेरो अगाडि मात्र हैन घृणा र बेश्याको संज्ञा दिएको यही समाजको अगाडि पनि ।

ओहो ! बलात्कारी तेरा त धम्कीहरु पनि कति छन्, कति छन् ? एक्लै बलात्कार गर्न नसकेर मेरा बा, आमा दाजुभाइलाई नै मार्ने धम्की दिएर सजिलै बलात्कार गर्छस् है ? हेर त एक पटक पछाडि फर्केर ? कहाँसम्मको छ तेरो हैसियत ।

फेरि पनि बलात्कार गर मेरी बहुलाएकी दिदीलाई । आलो घाउमा छट्पटाएकी मेरी बहिनीलाई । म तिमीहरुकै अगाडि न्यायको त्रिशुल लिएर उभिएकी छु ।

ए … यौनको प्यासले भोकाएको दानव आ हामी सबैलाई बलात्कार गर । मेटा आफ्नो यौन प्यास अनि हिड स्वतन्त्रसँग । मृत्यु दण्ड त यहाँ छदै छैन त जेलमा पनि जाने छैनस् ।
एकछिन मुखमा पट्टि बाँधेर यो बलात्कारी हो भनेर हाम्रो आँखा छलेर फेरि उसैगरी अर्की बहिनीलाई बलात्कार गर्न पुग्ने तँ मान्छेको रुपमा गनिने राक्षस अब तलाई कानून पनि लाग्ने छैन ।
आइज हाम्रो जीवनको मज्जा लुट्न । रगत पोखिएका मझेरीहरु अझै निदाएका छैनन् । आलो घाउ अँझै ओभाएको छैन । फेरि… फेरि… फेरि …. उसैगरी बाटो, दोबाटोमा छरिएका छन् लासहरु । हेर त तेरो हत्केलामा रगतका टाटाहरु ? त्यो रगत होइन, त्यो त तैले पिएको आमाको दूध हो ।
आज तेरो नाउँमा यो बलात्कारी पत्र लेख्दा मेरा शब्दहरु नै दुर्गन्धित हुन पुगेका छन् ।
अन्त्यमा, पैसाको बिटो बोकेर, स्वयम तँद्वारा लुटिएकी, तेरो राक्षसी जीवनको भिख माग्न आउने तेरी आमा तेरै पक्षमा हिडेको कानून र तेरा आफन्तहरुलाई लिएर आईज । पैसामा इज्जत खोज्ने उनीहरुकै अगाडि ।
फेरि पनि बलात्कार गर मेरी बहुलाएकी दिदीलाई । आलो घाउमा छट्पटाएकी मेरी बहिनीलाई । म तिमीहरुकै अगाडि न्यायको त्रिशुल लिएर उभिएकी छु ।
ए… ए…. ए… सिङ्गो दिदीबहिनीहरु, आमा, भाउजूहरु निस्क बाहिर । अस्तित्व उनीहरुको पनि छ, हाम्रो पनि छ । सोह्र शृङ्गारले सजिएर हैन । उठ यौनको प्यासले भोकाएका दानवहरुको अगाडि न्यायको हजारौ त्रिशुल बोकेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *