तुलसीपुर, २७ मंसिर । अधिकारकर्मीहरूले दाङको बबर्ई नदी सरसफाई गरेका छन् । मानवअधिकार तथा शान्ति समाजको आजदेखि हुन लागेको २२आँै राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन दाङ आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायतका अधिकारकर्मीले बबई नदीको फोहर ब्यवस्थापन तथा सरसफाई गरेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ का बबई नदी किनारामा यत्रतत्र रहेको फोहोर संकलन गरिएको शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिए ।
सरसफाई कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकल, लोककवी अर्जुन पराजुली, सामाजिक अभियान्ता लोकेश ढकाल, २२औँ राष्ट्रिय परिषद् बैठक मुल तयारी समितिका संयोजक शरद रेग्मी,
शान्ति समाजका दाङका पूर्व सभापति तेजबहादुर कार्की, स्थानीय, पत्रकार लगायतको सहभागिता थियो । बबई सरसफाई कार्यक्रम समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य अमर नेपाली माईकलले बोलेका थिए ।
त्यसैबीच केशवराज झुपाकुमारी बृद्ध आश्रम तुलसीपुर–१२ रझेनामा वृक्षारोपन गरिएको छ । शान्ति समाजका संस्थापक सभापति पहाडीले घर–घरमा विरूवा रोपेर वातावरण अनुकूलन समाज बनाउनुपर्ने सुझाव दिए ।
२२आँै राष्ट्रिय परिषद् बैठक मुल तयारी समितिअन्तर्गत वृक्षारोपण उपसमितिका संयोजक नवीनकुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज केन्द्रअन्तर्गतको उक्त बृद्धाश्रममा बस्दै आएका दुईजनालाई च्यावनपरास, हर्लिक्स, लगायतका उपभोग्य वस्तु हस्तान्तरण गरिएको थियो ।
यसअघि शान्ति समाजले मानवअधिकार र लागूऔषध÷मदिरा दुब्र्यसनविरूद्ध विद्यालय अभियान सञ्चालन गरेको छ । मंसिर २३, २४ र २५ गते विभिन्न विद्यालयमा लागूऔषध÷मदिरा दुब्र्यसनविरूद्ध दशवटा विभिन्न स्कुलमा अन्तरक्रिया गरेको छ ।
दाङका मावि बालापुर, जनप्रिय बोर्डिङ स्कुल, शान्तिदिप बोर्डिङ स्कुल, हिमाल एकाडेमी कलेज, डिभाईन टेम्पल एकेडेमी, लिटिल हेभेन एकेडेमी बोर्डिङ स्कुल, गोरखा बोर्डिङ स्कुल, पब्लिक ज्ञानज्योति कलेज, राप्ती बबई क्याम्पस र महेन्द्र माविमा मंसिर २३, २४ र २५ मा सम्पन्न अन्तरक्रिया कार्यक्रममा शान्ति समाजका महासचिव सुशिल बस्नेत, मूल तयारी समितिका संयोजक शरद रेग्मी,
पूर्व सभापतिहरू डिल्लीराज धिताल, मोहन धिताल, निर्मल नेपाली र सदस्यहरू निर्मला डाँगी, नवीन पोख्रेल, कमल डाँगीलगायतका अधिकारकर्मीहरूले लागूऔषध र मदिरा दुव्र्यसन रोकथामका लागि समुदाय केन्द्रित विद्यालय केन्द्रित भूमिका र अभिभावकीय भूमिकाबारे चर्चा गरेका थिए ।
स्मरणीय छ शान्ति समाजले लागूऔषध र मदिरा दुव्र्यसनविरूद्ध देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ । शान्ति समाजले रक्तदान कार्यक्रमसमेत गरेको छ ।
तयारी पूरा
आजदेखि हुने समाजको राष्ट्रिय बैठकको तयारी पूरा भएको छ । मुल आयोजक समितिले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको छ ।
आज शुक्रबार बिहान ८ बजे तुलसीपुर बजारमा सरसफाई कार्यक्रम गररेर दिउँसो १ बजे शान्ति ¥यालीको आयोजना गर्दै कार्यक्रमको उद्घाटन गरिने छ ।
राष्ट्रिय परिषद् बैठकमा तीन सय बढी विभिन्न जिल्लाका प्रतिनिधि तथा परिवेक्षकहरूको सहभागिता हुनेछ । नौवटा विभिन्न प्रस्तावमाथि छलफल हुनेछ । बेलुकी ७ बजेपछि शान्ति काब्य प्रवचन हुने केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिए ।