Friday, April 19, 2024
Homeफिचरबबई गाउँपालिकामा सभागृह

बबई गाउँपालिकामा सभागृह

- Advertisement -spot_img

बबई, ३२ साउन । दाङको बबई गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा बहुउद्देश्यीय सभागृह निर्माण गरेको छ । झण्डै ६० लाख रुपैयाँको लागतमा गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा ५ सयजना अट्ने क्षमताको बहुउद्देश्यीय सभागृह निर्माण गरेको हो ।
सभागृहको शनिबार प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका छन् । गत आर्थिक बर्ष ०७५÷७६ मा विनियोजन गरेको बजेटबाट ५८ लाख ३४ हजार ७ सय ५७ रुपैयाँ खर्च गरेर बनेको सभागृहको मुख्य मन्त्री पोख्रेलले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले देश अब गाउँबस्तीबाटै विकासको गतिमा अघि बढेको बताए ।
‘गाउँको विकासले मात्रै समृद्धि सम्भव छ, ग्रामीणस्तरको विकासबाट केन्द्रमा जानुपछर्’ उनले भने ‘प्रदेश सरकारले ग्रामीणस्तरको विकासमा बढी जोड दिएको छ ।’
स्थानीय विकासका लागि सोही ठाउँकै जनताहरु जागरुक हुनुपर्नेमा जोड दिदै उनले विकासमा मिलेर अघि बढ्न सबैलाई आग्रहसमेत गरे । बहुउद्देश्यीय सभागृह पनि नागरिकहरुकै सम्पत्ति भएको भन्दै उनले अब त्यसलाई आम्दानीको आधार बनाउन सकिने बताए । साथै उनले तुलसीपुर–सुर्खेत सडकखण्ड छिट्टै बलियो संरचनाका रुपमा बन्ने भन्दै बजेट अभावले विकास नरोकिने बताए ।
कार्यक्रममा संघीय सांसद सुजिता शाक्यले हापुरे ऐतिहासिक ठाउँ भएको भन्दै यसले छिट्टै मुहार फेर्ने उल्लेख गरिन् । हापुरे विकास बढिरहेको बताउँदै जनतालाई महशुस हुने गरी विकासका गतिहरु अघि बढाउने उनको भनाई छ ।
शाक्यले सरकारले दाङको विकासमा कुनै पनि कुन्जस्याँई नगरेको बताउँदै स्थानीय नागरिक पनि जागरुक हुनसके विकासले गति लिने बताइन् । यसैबीच सोही कार्यक्रममै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत गरिव तथा जेहेन्दार ३ सय जना विद्यार्थीलाई छात्रवृत्तिस्वरुप कापी कलम, पोशाक र झोला वितरण गरिएको छ ।

जलाशय समृृद्धिको आधार

यसैबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरले बनाएका कृतिम जलाशयलाई सम्पत्तिको रुपमा संरक्षण गर्न आग्रह गरेका छन् । प्रदेश सरकार र स्थानय सरकारको संयुक्त लगानीमा घोराही १ र २ नम्बर वडाको सिमानामा बनेको चेपे जलाशयको निरीक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले विकासको आधारका रुपमा जलाशयलाई लिन आग्रह गरेका हुन् ।
निरीक्षणका क्रममा भेला भएका स्थानीयहरुलाई उनले कृतिम जलाशय स्थानीयका लागि बरदान सावित हुने बताए । पानीविना विकास र समृद्धि असम्भव भएको भन्दै मुख्यमन्त्री पोख्रेलले यसको संरक्षण र सदुयोगमा चनाखो बन्न सुझाव दिए ।
उपमहानगरले बनाएका डेढ दर्जन कृतिम जलाशयले दीर्घकालिन महत्व राख्ने भन्दै उनले उत्पादन र आयआर्जनसँग जोडेर लाभ लिन स्थानीयहरुलाई उनले आग्रह गरे ।
त्यसैगरी घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले कृत्रिम जलाशयलाई बहुउद्देश्यीय ढंगबाट आफूहरुले लिएको बताए । जलाशयलाई पानीको स्रोतबृद्धि, सिंचाई, पर्यटन, माछापालन, डुंगा व्यवसायसँग जोडेर स्थानीयलाई आयआर्जनसँग जोड्ने आफूहरुको योजना रहेको उल्लेख गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here