बबईमा बंगलादेश बैंक

फिचर मुख्य खबर समाज

बबई, २९ बैशाख
बबई गाउँपालिकामा नेपाल बंगलादेश बैंकले आफ्नो ६४औँ शाखाका रुपमा कार्यालय स्थापना गरेको छ । बैंक शाखाको प्रदेश सांसद उत्तरकुमार वलीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै सांसद वलीले ग्रामीण तहको विकासका लागि सहयोग गर्न आग्रह गरे । जनताले घरमै सेवा खोजीरहेको भन्दै सांसद वलीले ‘क’ वर्गको बैंक गाउँ तहमा स्थापना हुनु सुखद् अवस्था रहेको बताए ।
बबई गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद वलीले कृषिदेखि विकास निर्माणका काममा साथ दिन आग्रह गरे । त्यस अवसरमा बोल्ने वक्ताहरुले स्थानीय तहमा ब्यवसायी तथा विकास निर्माणमा साझेदार बन्न आग्रह गरेका थिए ।

बैंकले कुल पुँजी आठ अर्ब रहेको बैंकमा ४३ अर्ब डिपोजिट रहेको छ भने ४२ अर्ब कर्जा प्रवाह रहेको बैंकले जनाएको छ । साथै बैंकले जेठ अन्तिम सातासम्म ७१ वटा शाखा कार्यालय पु¥याउने लक्ष्य लिएको छ । यसअघि हापुरेमा भार्गव बिकास बैंक र वेष्टर्न डेपलभमेन्ट बैंकले सेवा दिइरहेका छन् ।


शाखा म्यानेजर स्वादिन सिंह बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बबई सहकारी संघका अध्यक्ष आजाद खड्का, मावि कौशिलापुरका प्रधानाध्यापक नेकमान बस्नेतले आ–आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण युवराज वलीले गरेका थिए ।
बैंकले कुल पँुजी आठ अर्ब रहेको बैंकमा ४३ अर्ब डिपोजिट रहेको छ भने ४२ अर्ब कर्जा प्रवाह रहेको बैंकले जनाएको छ । साथै बैंकले जेठ अन्तिम सातासम्म ७१ वटा शाखा कार्यालय पु¥याउने लक्ष्य लिएको छ । यसअघि हापुरेमा भार्गव बिकास बैंक र वेष्टर्न डेपलभमेन्ट बैंकले सेवा दिइरहेका छन् । हापुरेमा ‘क’ वर्गको बैंक स्थापना भएपछि स्थानीय खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *