- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरबबईको रातो किताव प्रकाशन

बबईको रातो किताव प्रकाशन

- Advertisement -spot_img

हापुरे, ६ भदौ । बबई गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ का लागि रातो किताब प्रकाशन गरेको छ । नीति तथा कार्यक्रम एवं वार्षिक बजेटको रातो पुस्तक प्रकाशन गरेको हो । पुस्तकको मंगलबार प्रदेश सांसद उत्तरकुमार वलीले विमोचन गरेका हुन् । गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षता तथा प्रदेश सांसद उत्तरकुमार वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिकाले कृषि तथा पशु, सडक तथा पुल, सिंचाई, शिक्षा, युवा तथा खेलकुद, उर्जा, सञ्चार, स्वास्थ्य, सहरी विकास, वन तथा वातावरण, संस्कृति तथा पर्यटनको विकासका लागि तर्जुमा गरेको कार्यक्रमको रातो पुस्तक प्रकाशन गरेको हो । यस्तै सार्वजनिक प्रशासन र सुशासन, लक्षित वर्ग तथा समुदाय, विपद ब्यवस्थापन, आन्तरिक राजस्व, उद्योग ब्यवसाय, तटबन्ध तथा बाँधका विषयमा बजेट एवं कार्यक्रमको पुस्तक प्रकाशन गरेको अध्यक्ष पौडेलले जानकारी दिए । यस्तै पुस्तकमा वार्षिक रुपमा राजस्व संकलनको लक्ष्य तथा राजस्व संकलन गर्ने क्षेत्र, राजस्वको क्षेत्र एवं सभाबाट स्वीकृत गरेका कानून पनि प्रकाशन गरेको जनाइएको छ । यस्तै गाउँपालिकाको प्राफाइल पनि प्रकाशन गरेको जनाएको छ । यस्तै गाउँसभाले बबई गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ र बबई गाउँपालिकाको विनियोजन ऐन २०७५ पनि प्रकाशन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here