Wednesday, March 27, 2024
Homeफिचरबन्दले जनजिवन प्रभावित

बन्दले जनजिवन प्रभावित

- Advertisement -spot_img

दाङ ।
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी गरेको एक दिने राप्ती बन्दका कारण दाङ सहित राप्तीका जिल्लाहरुको जनजीवन प्रभावित भएका छन । बन्दका कारण दाङ सहित पहाडी जिल्लाको जनजीवन कष्ठकर बनेको छ ।
बन्दका कारण, शैक्षिक संस्था, उद्योग कलकारखाना, ब्यापार, ब्यवसाय यातायात पूर्ण रुपमा बन्द छन । लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन संचालनमा नआउँदा सवेसाधन समस्यामा परेका छन भने गन्तव्यमा हिडेका यात्रुहरु बाटोमै अलपत्र परेका छन । सम्भावित घटनारोकन विहानै देखि दाङका विभिन्न सडक, चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।
राप्तीका पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, र प्युठानमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण त्यहाँको जनजीवन प्रभावित बनेको सुरक्षा निकायले जनाएका छ । दाङको तुलसीपुरमा कार्यक्रम स्थलबाटै पक्राउ परेका पार्टीका सदस्य प्रदिप वली, इश्वरी पाण्डे र रुद्ध वलीको विनासर्त रिहाइको माग गर्दै बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ । बन्द बेलुका ६ बजेसम्म गरिने बताइएको छ ।
यसैविच बन्दको अबज्ञा गरेको भन्दै सल्यानको त्रिवेणी गाउँपालिका ५ सल्यखोलामा टक र जपिमा तोडफोड भएको सल्यान प्रहरीले जनाएको छ । सल्यान श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३३८ ट्रक र लु२ च २७२५नम्बरको बलेरो जीपमा त्रिवेणी ५ सल्लेखोला खोलामा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक गिरीराज भण्डारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here