बढ्यो गर्मी

फिचर मुख्य खबर

घोराही, १९ बैशाख । दाङमा केही दिन यता गर्मी बढिरहेको छ । बढदो गर्मीले जनजीवन अस्वभाविक रुपमा प्रभावित पारेको छ । केही दिनको तथ्यांकलाई मात्रै हेर्ने हो भने पनि दाङको गर्मी दैनिक एकदेखि दुई दशमलब ६ डिग्रीसम्म तापक्रम बढिरहेको छ ।
बढ्दो गर्मीका कारण आम नागरिकमा सास्ती देखिएको छ । गर्मीकै कारण अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ भने कृषि बालीमा पनि समस्या देखिएको छ । बाहिर काम गर्ने मजदुर, किसान, विद्यार्थी, बालबालिका लगायतले सास्ती भोग्नुपरेको छ ।
गर्मी बढेपछि खोलानाला सुक्न थालेका छन् भने कुवाका पानीको सतह घटदै गएको छ । गर्मी बढ्दै जाँदा खानेपानीको समेत अभाव हुन थालेको छ । दाङमा बिहीबार ३९ दशमलव १ डिग्री तापक्रमको मापन भएको छ ।
मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावा पानी फिल्ड कार्यालय घोराहीका प्रमुख राजकुमार मिश्रका अनुसार गर्मी मौसममा सबैभन्दा बढी तापक्रम हो । त्यसैगरी बुधवार ३७.७ तापक्रम मापन गरिएको छ ।
कार्यालयको तापक्रम मापन अनुसार केही दिन यता ३७ देखि ३९ दशमलब ९ तापक्रम मापन गरिएको छ । दाङमा फाटफुट रुपमा पानी परे पनि गर्मी बढ्दै गएकोे उनले बताए ।

गर्मीमा विभिन्न महामारी फैलन सक्ने भएकाले सचेत रहन चिकित्सकको सुझाव छ । बाहिर निस्कदा छाला नजल्ने खालको पातलो कपडा लगाउने, छाता ओडेर हिड्ने, पानी धेरै पिउने, फलफुलहरु धेरै खाने चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

यो समयमा गर्मी बढेसँगै हावाहुरी आउने समय रहेको र पछिल्लो समयमा दाङमा जनघनत्व बढ्दै जानु, वन विनास हुनु, उद्योग कलकारखानाहरु अव्यवस्थित रुपमा सञ्चालनमा हुँदा वातावरणीय असन्तुलनले गर्मी बढेको छ,
उनले भने ‘भौतिक संरचनाहरु दिनप्रतिदिन निर्माण हुँदैछन्, सवारी साधनहरु उत्तिकै रुपमा बढेका छन्, जसको प्रत्यक्ष प्रभाव वातावरणमा असर पर्छ ।’ प्रदूषण बढ्दै जाँदा पनि गर्मी बढ्ने गरेको उनले बताए ।
यो समयमा अत्याधिक गर्मी बढ्ने र हावाहुरी चल्ने भएकाले सचेत रहन सुझावसमेत दिए । ‘पछिल्लो समयमा मौसमको गतिविधिहरुलाई मध्यनजर गर्ने हो भने पानी कम हावाहुरी बढी आउने देखिन्छ’ उनले भने ।
‘झन–झन पछि गर्मी बढ्दै गईरहेको छ’ घोराहीका मनिला चौधरीले भनिन् ‘गर्मीले सास्ती बनाएको छ, आजभोलि त बाहिर निस्कन पनि सकिदैन्’ उनले भनिन् । घोराहीकै रमेश केसी पनि गर्मी बढेको महशुस गर्छन् ।
बिहान सात बजेदेखि नै घामले पोल्न थालेको उनले बताए । ‘यस्तो गर्मी बढ्छ होला भनेर सोचेको थिएन्’ उनले भने ‘नेपालगंज जाँदा मात्रै गर्मीको महशुस हुन्थ्यो, दाङमा पनि उत्तिकै गर्मी बढ्न थालेको छ ।
गर्मीमा विभिन्न महामारी फैलन सक्ने भएकाले सचेत रहन चिकित्सकहरुको सुझाव छ । बाहिर निस्कदा छाला नजल्ने खालको पातलो कपडा लगाउने, छाता ओडेर हिड्ने, पानी धेरै पिउने, फलफुलहरु धेरै खाने चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।
डा जनार्दन पन्थीले ‘गर्मी समयमा झाडापखालाजस्ता महामारी पनि फैलन सक्ने भएको हुँदा सजक रहनुपर्ने बताए  । यो समयमा स्वास्थ्यमा धेरै ध्यान दिनुपर्छ उनले भने ‘गर्मीको समयमा गलेको, सडेको र फोहर खानेकुराहरु नखान उनले सुझाव दिए ।
त्यसैगरी गर्मीले छालामा पनि नकारात्मक हानी गर्ने भएको सबै सचेत रहन उनको सुझाव छ । गर्मी बढेसँगै टाउको दुख्ने, भाईरल ज्वरो आउनेलगायतका बिरामीहरु अस्पताल जाने गरेका छन् ।
गर्मी समयमा अल्छी लाग्ने, काम गर्न जागर नलाग्ने हुँदा साझ बिहान दुई पटक नुहाउने, सकेजति धेरै पानी पिउन उनको सुझाव छ । गत वर्ष यो समयमा ३६ डिग्री सेल्सियसको तापक्रम मापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *