- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयबढ्दो भ्रष्टाचार

बढ्दो भ्रष्टाचार

- Advertisement -spot_img

भ्रष्टाचारका घटनाहरु अहिले बढी रहेका छन् । आर्थिक वर्षको अन्त्य हुँदै गर्दा नेपालभरी विभिन्न जिल्लाबाट ठूलो रकमसहित धेरै व्यक्तिहरु अख्तियारको नियन्त्रणमा परेका छन् । भ्रष्टाचारको आरोपमा अभियोग पत्र दर्ता भएको छ ।
पछिल्लो समय हेर्दा भ्रष्टाचारका मुद्दा र विषयहरू अत्यधिक रूपमा बढेका छन् । दाङमा पनि भ्रष्टाचारको मुद्दाहरु बढिरहेको आयोगकै तथ्यांकले देखाएको छ । जिल्लामा मात्रै एक सय ११ मुद्दा अख्तियारमा जानुले अख्तियारका घटनाहरु बढिरहेको पनि देखाएको छ ।
नीति र विधिको कार्यान्वयन गर्ने र गतल कार्यको अन्त्यका लागि सरोकारवाला निकायहरु जागरुक हुनुपर्ने अवस्था आएको छ । विभिन्न बहानामा हुने भ्रष्टाचारहरुलाई नियमन र निरुत्साहित गर्नतर्फ लाग्नुपर्छ । नियमन गर्ने निकायले सरोकार राख्ने पक्षले ध्यान दिन सक्नुपर्छ ।
भ्रष्टाचारका विषयमा अलि बढी चर्चा शिक्षा र स्थानीय सरकारको रहने गरेको छ । अधिकांश क्षेत्रमा नीतिगत भष्टाचार अझ बढी हुने गरेको छ । अख्तियार दुरुपयोग आयोगकै तथ्यांकमा पनि शिक्षाका क्षेत्रमा बढी भ्रष्टाचार देखाएको छ ।
दाङमा शिक्षामा २३ वटा भ्रष्टाचारका मुद्दा र ३५ वटा स्थानीय तहमा भएका भ्रष्टाचारसम्बन्धीका मुद्दा देखिएको छन् । आर्थिक वर्ष ०७५÷७६ जेठ मसान्तसम्म भ्रष्टाचारमा यो अवस्था देखिएको हो ।
दाङमा मात्र स्थानीय तहका ३५ वटा उजुरी देखिनुले पनि विगतभन्दा भ्रष्टाचार बढ्दै गएको देखाउँछ । आयोगले वनका १४ वटा, स्वास्थ्य तथा जनसंख्यामा ९ वटा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमा ८ वटा, भौतिक, पूर्वाधार तथा यातायातमा ३ वटा उजुरी देखिएका छन् ।
सबैभन्दा बढी दाङको शान्तिनगर गाउँपालिकामा ७ वटा, तुलसीपुर उपमहनगरपालिकामा ६ वटा लमही, नगरपालिका र बबई गाउँपालिकामा ५ वटा, राजपुर गाउँपालिका र घोराही उपमहनगरपालिकामा ४ वटा र बंगलाचुली, राप्ती, दंगीशरण र गढवा गाउँपालिकामा एक÷एक भ्रष्टाचारका उजुरी परेको छ ।
भ्रष्ट आचारणको नियमनको जिम्मा पाएको अख्तियारले भ्रष्टाचारको निवारण गर्न सकेको नसकेको एउटा पक्ष होला । त्यसमा पनि अख्तियारकै बहालवाला आयुक्त नै भ्रष्टाचारमा मुछिने अवस्था आउँदा अन्य निकाय मात्रै हैन अख्तियार पनि यो कार्यमा सक्रिय रहेको देखाउँछ ।
तसर्थ सबैभन्दा पहिले स्वच्छ छवि भएका व्यक्तिलाई अख्तियारको जिम्मा दिएर अख्तियारलाई प्रभावकारी बनाउन सकेमा विभिन्न क्षेत्रमा हुने भ्रष्टाचार स्वतः न्यूनीकरण भएर जाने देखिन्छ ।
भ्रष्टाचार गरेर नीति विधि व्यवस्थाको खिल्ली उडाउनेहरुलाईं कडाभन्दा कडा कानुनी कारवाही गरेमा मात्रै भ्रष्टाचार घट्ने देखिन्छ । नत्र भ्रष्टाचार घट्नुको सट्टा बढिरहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here