महिलाको राहदानी मोह

फिचर मुख्य खबर समाज

तुलसीपुर, २३ बैशाख ।
तुलसीपुरमा राहदानी बनाउने महिलाहरुको संख्या बढ्दो क्रममा रहेको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार राहादानी बनाउने महिलाहरुको संख्या दिनानुदिन बढ्दै गएको छ ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षमा महिलाहरुको राहदानी बनाउने संख्या बढिरहेको ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादवप्रसाद भुसालले जानकारी दिए । विगतका वर्षहरुमा पुरुषहरुको संख्यामा कमी आएको भए पनि महिलाहरुको संख्या भने बढिरहेको उनले बताए । आजभोलि एक दिनमा सात÷आठजनासम्म महिलाहरु राहदानी बनाउन कार्यालयमा आउने गरेको भुसालले बताए ।
राहदानी बनाएका महिलाहरु केही रोजगारीका लागि विदेश जाने भएपनि धेरै रोजगारीमा भन्दा भेटघाटको लागि जाने गरी राहादानीहरु बनाइरहेको उनले बताए । उनका अनुसार यस चालु आर्थिक वर्षको चैत मसान्तसम्म महिला र पुरुष गरी जम्मा दुई हजार तीनसय ३० जनाले राहदानी बनाएका छन् भने द्रूत सेवाबाट काठमाडौं गएर राहदानी बनाउनेको संख्या एक हजार तीन सय ५३ जना रहेको छ ।

राहदानी बनाएका महिलाहरु केही रोजगारीका लागि विदेश जाने भएपनि धेरै रोजगारीमा भन्दा भेटघाटको लागि जाने गरी राहादानीहरु बनाइरहेको उनले बताए । उनका अनुसार यस चालु आर्थिक वर्षको चैत मसान्तसम्म महिला र पुरुष गरी जम्मा दुई हजार तीनसय ३० जनाले राहदानी बनाएका छन् ।


यस्तै गत आर्थिक बर्ष २०७३÷२०७४ मा तीन हजार एक सय ६१ जनाले जिल्लाबाट राहदानी बनाएका थिए भने एक हजार सात सय ९३ जना द्रूत सेवा अर्थात काठमाडौं गएर राहदानी बनाएको बताए । उनका अनुसार पछिल्लो अवस्था जिल्लामा राहदानी बनाउने पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ ।
युवाहरु नेपालमै केही गरौं भन्ने उद्देश्यले राहदानी बनाउने संख्यामा कमी भएको तर महिलाहरु भने छोराछोरी पाल्न, घर चलाउनको लागि भएपनि वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउने गरेको उनले बताए । महिलाहरुलाई विदेशमा बस्ने वातावरण त्यति राम्रो छैन तर पनि विदेश जाने महिलाहरुको संख्यामा कमी आउन सकेको छैन, उनले भने ।

राहदानीबाट चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक करोड, २७ लाख, ५९ हजार तीन सय २१ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक बर्ष २०७३÷०७४ मा एक करोड ७६ लाख ३८ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ ।


भुसालले आफ्नै हिसावले घरपरिवारको सल्लाह बिना नै विदेश जानका लागि महिलाहरु राहदानी बनाउन आउने गर्दछन् तर ईलाका प्रशासन कार्यालय तुलसीपुरले त्यसमा कडाई गरेको छ । यदि त्यस्ता महिलाहरु आएमा हामीले घरपरिवारको व्यक्तिलाई बोलाई जानकारी गराई राहदानी बनाइ दिने गर्दछौं, उनले भने, ‘सानै उमेरमा विवाह गर्ने पछि श्रीमानसँगको सम्वन्ध बिग्रिने र घर चलाउन समस्या भएपछि विदेश जानेहरु बढिरहेका छन् ।’
विशेषगरी दलित, समुदायका महिलाहरु ईलाका प्रशासन कार्यालयमा राहदानी बनाउन जाने गरेको सूचना अधिकारी भुसालले बताए । यस्तै अन्य जनजाति, क्षेत्री समुदायका महिलाहरु पनि बैदेशिक रोजगारीमा जानको लागि राहदानी बनाउने गरेको उनको भनाइ छ । पछिल्लो अवस्थामा युवाहरुको संख्या कमी भएर बुद्धवृद्धाहरुको संख्यामा बृद्धि भएको छ । छोराछोरीलाई भेट्न जाने, आफन्तहरुलाई भेट्न जाने बुद्धवृद्धाहरुको संख्यामा बृद्धि भइरहेको उनले बताए । राहदानीबाट चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक करोड, २७ लाख, ५९ हजार तीन सय २१ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक बर्ष २०७३÷०७४ मा एक करोड ७६ लाख ३८ हजार पाँचसय रुपैयाँ राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *