- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरबढ्दै करणीका घटना

बढ्दै करणीका घटना

- Advertisement -spot_img

तुलसीपुर, १२ भदौ । जबरजस्ती करणीका घटनाका दोषीलाई नयाँ मुलुकी ऐनमा दण्ड सजाय बढेपनि घटनामा भने कमी आउन सकेको छैन् । कानुनी सचेतनाको कमि तथा ऐन कार्यान्वयन पक्ष फितलो हुँदा जबरजस्ती करणी घटना बढ्दै गएका छन् ।
चालु वर्षमा मात्रै प्रदेश नम्बर ५ मा ३१ वटा जबरजस्ती करणीका घटना भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवराज पोखरेलले जानकारी दिए ।
बढ्दो सूचना प्रविधिको गलत प्रयोग, कानुनी सचेतनाको अभाव लगायतका कारण जबरजस्ती करणीका घटना बढेको उनको भनाई छ । उनका अनुसार पीडितमा न्यायालयसम्म पुग्नुपर्छ भन्ने सचेतनाका कारण पनि पछिल्लो समय यस्ता घटना प्रहरीसम्म आइपुग्ने गरेकोे बताए ।
प्रहरीको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामध्ये पाल्पा र रुपेन्देहीमा सबैभन्दा जबरजस्ती करणीका घटना भएका छन् । चालुवर्षको साउन महिनाको अवधिमा पाल्पा र रुपन्देहीमा ५/५ वटा मुद्दा प्रहरीमा आएको प्रवक्ता पोखरेलले बताए ।
त्यस्तै दाङ र रोल्पामा ४/४ वटा, बर्दिया र अर्घाखाँचीमा ३/३ वटा , प्यूठान र कपिलवस्तुमा २/२ वटा, र बाँके, पश्चिम नवलपरासी र गुल्मीमा १/१ वटा जबरजस्ती करणीका घटना घटेका छन् ।
यसैबीच दाङमा चालुवर्षमा एक महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ६५ जना पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्क अनुसार साउन महिनाको अवधिमा परेका ७६ मुद्दाका ६५ जना अभियुक्त पक्राउ परेका हुन् ।
जिल्लामा लागूऔषध, कर्तव्य ज्यान, चोरी, बहुविवाह, जबरजस्ती करणी, बाल यौन दुराचार, बैंकिङ कसुर, सवारी ज्यानलगायतका मुधा प्रहरीमा आउने गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here