बढाइदै सुरक्षा सतर्कता

मुख्य खबर समाज

तुलसीपुर, ७ असोज । नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै तुलसीपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । चाडपर्व नजिकिदै गर्दा विभिन्न अपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरीले सुरक्षा जाँचलाई तिब्रता दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।
‘चाडपर्वमा अलि बढी अपराधिक गतिविधि हुने हुँदा सर्तकता बढाएका छौँ, अनि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न ठाउँमा जाँचमा कडाइ गरेका छौँ’
उनले भने ‘दिउँसोको समयमा भन्दा रातिको समयमा अझ बढी जनशक्ति परिचालन गरी सुरक्षाका लागि जाँचलाई तिब्रता दिएका छौँ । प्रहरीले रातको समयमा होहल्ला गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने दैनिक तुलसीपुरबाट चार/पाँचजना पक्राउ गर्ने गरेको उनले बताए । ‘एक पटकमा सम्झाउँछौ तर पनि अटेरी गरेमा पक्राउ गरी सोधपुछ गरेर छोड्ने गरेका छौँ’ उनले भने ।
सुरक्षा सतर्कताका लागि प्रहरीले तुलसीपुरमा प्रवेश गर्ने विभिन्न ठाउँमा सवारी जाँचमा निगरानी बढाएको छ । पूर्वमा घोराहीतर्फ जाने आउने सवारी, पश्चिममा पातुखोला नजिक,
सल्यानबाट आउने सवारी साधनलाई गोटीखोला र नेपालगंजबाट आउने सवारी साधनलाई शितलपुरलगायतका विभिन्न ठाउँमा जाँच गर्ने गरेको प्रहरी प्रमुख डिएसपी योगीले बताए । प्रहरीले रातको समयमा झैँझगडा हुने, अपराधिक गतिविधि हुनसक्ने भन्दै ९ बजेपछि व्यवसाय संचालन गर्न नदिने गरी कडाई गरेको छ ।
ब्यवसायको हिसाबले ९ बजेपछि होटलहरु बन्द गर्दा केही घाटा त हुन्छ तर रातको समयमा अबेरसम्म होटलहरु सञ्चालन गर्दा विभिन्न किसिमका अप्रिय घटना घट्न सक्ने भन्दै प्रहरीले थालेको यो कार्य उचित भएको होटल ब्यवसायी हिमलाल न्यौपानेले बताए ।
‘चाडपर्व नजिकिएसँगै अन्य समयको तुलनामा बढी अपराधिक गतिविधि हुने गरेको छ, मादकपदार्थ तथा विभिन्न कारण अपराधिक गतिविधि हुने गरेका छन्’ उनले भने । राति अबेरसम्ममा होटलहरु खोल्दा सुरक्षाको चुनौती थपिने गरेको छ ।
होटलहरु राति अबेरसम्म खोल्दा मानिसले मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने, झैँझगडा गर्ने जस्ता क्रियाकलाप समाजमा बढ्दै गएको तुलसीपुरका पार्वती वलीले बताइन् ।
समयमै होटल बन्द गर्नका लागि पटक–पटक प्रहरीले व्यवसायीलाई सचेत गराउँदै आएको छ तर कतिपय व्यवसायीले अटेरी गर्ने गरेका कारण उनीहरुलाई नियन्त्रणमा लिएर छोड्ने गरिएको डिएसपी योगीले बताए । चाडपर्वको अवसरमा यात्रुहरुको चाप अत्यधिक हुने भएका कारण सहज र सुरक्षित यात्राका लागि विषेश ध्यान दिन प्रालिका प्रतिनिधिहरुलाई प्रहरीले आग्रह गरेको हो ।

बसपार्कमा नागरिक सहायता कक्ष

सहज र सुरक्षित यात्राका लागि प्रहरीले घोराहीको बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
जिल्लामा रहेका झण्डै एक दर्जन यातायात प्रालिका प्रतिनिधिहरुलाई उपस्थित गराई प्रहरीले जोखिमरहित सहज यात्राको सुनिश्चित गर्न आग्रह गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले सुरक्षित यात्रा गराउनतर्फ लागिएको बताए । क्षमताभन्दा धेरै यात्रुहरु नबोक्ने, सिट अनुसार मात्रै टिकट काट्ने, यात्रुलाई तानातान नगर्ने, सभ्यभाषा बोल्ने, सरसामानको सुरक्षा गरिदिने, तिब्रगति र मादकपदार्थ सेवन गरेर गाडी नचलाउन आग्रह गरिएको छ ।
त्यस्तै तोकिएको भन्दा बढी भाडा नलिने, गन्तव्यमा यात्रुलाई पु¥याउने र परिपक्व चालकलाई मात्रै गाडी चलाउन दिनेलगायतका कुरालाई अनिवार्य कार्यान्वयन गर्न आग्रहसमेत गरे ।
साथै प्रहरीले कुनै पनि समस्याहरु परे प्रहरीलाई एक सयमा फोन गरेर जानकारी गराउन पनि अपिल परेको छ । चाडपर्वमा सडक तथा गाडीहरुमा भिडभाड हुने र त्यसैको मौका छोपी अपराधिक कार्यहरुसमेत हुनसक्ने भन्दै प्रहरीले होसियारी अपनाउनसमेत सबै नागरिकहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *