- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरबजेट र राजस्वमा स्थानीय तहसंग छलफल

बजेट र राजस्वमा स्थानीय तहसंग छलफल

- Advertisement -spot_img

तुलसीपुर, २५ भदौ । प्रदेश नम्बर ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट र राजस्व बाँडफाँडमा भएको व्यवस्थाका बिषयमा दाङ र पूर्वी रुकुमका स्थानीय सरकार प्रमुखहरुसँग छलफल गरेको छ । तुलसीपुरको वेस्टर्न पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी मन्त्रालयले स्थानीय सरकारका प्रमुखहरुसँग बजेट तथा राजस्व बाँडफाँडका विषयमा छलफल गरेको हो । मन्त्रालयका सचिव थानेश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा राजस्व महाशाखा प्रमुख तिलक बहादुर खड्काले मनोरञ्जन, विज्ञापन, नदीजन्य पदार्थबाफतको शुल्कमा ६० प्रतिशत स्थानीय र ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा पठाउनुपर्ने जानकारी दिए । कार्यक्रममा बोल्ने स्थानीय सरकारका प्रमुखहरुले दुई तहका सरकारबाट स्पष्ट व्यवस्था नआउँदा समस्या भएको बताएका छन् । स्थानीय सरकारहरुले सहजै कर लगाउन सक्ने अवस्था नदेखिएको भन्दै बाधाहरु प्रदेश र संघ सरकारले फुकाउनुपर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्थानीय सरकारले प्रयोग गर्न पाउने दायरालाई सबै स्थानीय सरकारले कार्यान्वयन नगर्दा पनि कर संकलनमा टिप्पणी गरेको पाईएको बताए । कर संकलनमा स्थानीय सरकारहरुमा सामूहिकता आउन आवश्यक देखिएको समेत उनले बताए । कर संकलन र बाँडफाँडमा जनताबाट बढी गुनासो आउन थालेपछि मन्त्रालयले प्रदेशका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने गरी छलफल चलाएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here