बजेटले निरास बनाएको दाङ

फिचर मुख्य खबर राजनीति समाज

दाङ, १६ जेठ ।
सरकारले आर्थिक वर्ष २०७५÷०७४ को लागि घोषणा गरेको बजेटमा दाङ कतै देखिएको छैन । सभामुख र मुख्यमन्त्रीको जिल्लामा सोचेजस्तो ठूला योजनाहरु प्रस्तुत नभएपछि जिल्लाबासीहरु निरासा छाएको छ ।
सरकारले बजेट सार्वजनिक गर्ने वेलामा दाङमा दुईवटा योजना मात्रै प्रस्तुत गरेको छ । दाङ तोकेर सरकारले भएको विमानस्थलको ब्यवस्थापनमा चासो नदिएर विमानस्थलको विकल्प खोजेको छ । बैकल्पिक विमानस्थलको अध्ययन र बृहत् सिंचाई योजनामात्रै प्रस्तुत गरेको थियो । तुलसीपुरो टरिगाउँमा स्थापना गरिएको विमानस्थललाई उचित व्यवस्थापन तथा नियमित उडान गर्न नसकिरहेको अवस्थामा सरकारले बैकल्पिक विमानस्थलको अध्ययनको योजना प्रस्तुत गर्दा झन अन्योल बढाएको छ ।

तुलसीपुरको टरिगाउँमा स्थापना गरिएको विमानस्थललाई उचित व्यवस्थापन तथा नियमित उडान गर्न नसकिरहेको अवस्थामा सरकारले वैकल्पिक विमानस्थलको अध्ययनको योजना प्रस्तुत गर्दा झन अन्योल बढाएको छ ।


त्यस्तै बृहत सिचाई योजनामा कुन उद्देश्य र लक्षित क्षेत्रको विषयमा कुनै तोकेको छैन् । देशको नाममा धेरै योजना तथा बजेट सार्वजनिक गरेपनि सरकारले दाङका लागि भनेर दुईवटा योजना मात्रै त्यो पनि स्पष्ट छैन् । विवादमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान, नाकादेखि छिमेकी जिल्ला जोड्ने सडक, औद्योगिक तथा उद्योगको विषयमा सरकारले बजेटमा देखाएको छैन ।

 

नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले नेपाली काँगे्रसको सरकारमा हुँदा नै दुई निर्णय गरेका दुई योजनाहरु बजेटमा प्रस्ुतत गरेको बताए । वैकल्पिक विमानस्थल र बृहत् सिंचाई योजना काँग्रेस सरकारले नै निर्णय गरेको थियो । अहिले सरकारले उत्साहजनक दाङबासीको लागि बजेट छुट्याउन सकेन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि बजेट नै छुटाएन’ काँग्रेसका सचिव डाँगीले भने ‘भित्रि योजना के छ सरकारको थाहा भएन् तर जनताको आशा लाग्दो बजेट चाहि यो होइन् ।’ दङ्गाली जनताको चासो स्वास्थ्य बिज्ञान प्रतिष्ठान, तुलसीपुरको एयरपोर्ट सञ्चालन, औद्योगिक क्षेत्र, छिमेकी जिल्ला जोड्ने सडक सञ्जालको विषयमा सरकारले प्रस्तुत गरेको बजेटमा नदेखिएकाले बजेट दाङबवासीको उपयोगी छैन ।
नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुदिप गौतमले दाङमा दुईवटा योजनाहरु मात्रै सरकारले सार्वजनिक गरेको बताए । ‘वैकल्पिक विमानस्थल र बृहत सिंचाई योजनामा मात्रै दाङको लागि भनेर सरकारले बजेटमा योजना प्रस्तुत गरेको छ’ उनले भने यी योजनाले झनै यहाँका स्थानीयबासीहरुलाई अन्योलमा पारेको छ ।

नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले नेपाली काँगे्रसको सरकारमा हुँदा नै दुई निर्णय गरेका दुई योजनाहरु बजेटमा प्रस्ुतत गरेको बताए । वैकल्पिक विमानस्थल र बृहत् सिंचाई योजना काँग्रेस सरकारले नै निर्णय गरेको थियो । अहिले सरकारले उत्साहजनक दाङबासीको लागि बजेट छुट्याउन सकेन् । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि बजेट नै छुटाएन’ काँग्रेसका सचिव डाँगीले भने ‘भित्रि योजना के छ सरकारको थाहा भएन् तर जनताको आशा लाग्दो बजेट चाहि यो होइन् ।’ दङ्गाली जनताको चासो स्वास्थ्य बिज्ञान प्रतिष्ठान, तुलसीपुरको एयरपोर्ट सञ्चालन, औद्योगिक क्षेत्र, छिमेकी जिल्ला जोड्ने सडक सञ्जालको विषयमा सरकारले प्रस्तुत गरेको बजेटमा नदेखिएकाले बजेट दाङबवासीको उपयोगी छैन ।


‘वैकल्पिक विमानस्थलको योजना त बजेट भाषणमा सुनियो’ गौतमले भने ‘विमानस्थलको वैकल्पिक कहाँ र कसरी हुनसक्छ ? भन्ने विषयमा खुलाउन सकेन्, जसले गर्दा अन्योलको वातावरण सिर्जना गर्छ ।’ बृहत सिंचाई योजनाले पनि कहाँ र कुन क्षेत्रलाई समेट्ने भन्ने ठोस योजना नभएको उनले बताए । सरकारले दाङको लागि ल्याउनुपर्ने धेरै योजनाहरु भएपनि सरकारले सार्वजनिक दुईवटा योजनाहरु पनि पूर्णरुपमा नभएको उनले बताए ।
दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सडक सञ्जाल, बृद्ध भत्ताको सवालमा कुनै पनि योजनाहरु सार्वजनिक नगरेको उनको भनाइ छ । ‘विगतका वर्षहरुको तुलनामा यो आर्थिक वर्षमा स्थानीय तहमा बजेट निकै घटेर आएको छ’ गौतमले भने ‘समेटनु पर्ने धेरै योजनाहरु सरकारको नजरमा पुगेन ।’ दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङको पक्षमा सन्तोषजक पक्ष नभएको बताउँछन् ।
सरकारले राष्ट्रको लागि सकारात्मक पक्षमा योजना तथा बजेट प्रस्तुत गरेपनि दाङको हकमा सन्तोषजनक नभएको बताए । ‘हामीले पटक–पटक उठाएका कुरा नै सरकारले बजेटमा प्रस्तुत गर्न सकेन, यो एकदम दुःखलाग्दो कुरा हो’ दाङ उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले भने ‘एउटा वैकल्पिक विमानस्थलको विषयमा सुनियो, त्यो पनि स्पष्ट छैन् ।’
बारम्बार दाङको औद्योगिक क्षेत्र र स्वास्थ्य विज्ञानको विषयमा उठाएको कुरालाई सरकारले बजेट सार्वजनिक कार्यक्रममा नपर्दा दाङका हकमा सन्तोषजनक नभएको वताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारको नीति तथा बजेट कार्यक्रममा पर्न सकेनन्, औद्योगिक क्षेत्र पनि परेन्’ उनले दुःख व्यक्त गर्दे भने ‘जुन विषयमा बारम्बार छलफल तथा वहस गरिएको थियो ।’
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले समयमा नै गरिएको बजेट प्रस्तुतले केही उत्साह थप पनि दाङप्रति देखिएको बेवास्ताले निरास बनाएको बताए । बजेटलाई किताबमा मात्रै नराखेर उचित व्यवस्थापन गरेर कार्यान्वयन गर्नुपर्ने उनले बताए । बजेट प्रस्तुतमा सरकारले उद्योग तथा औद्योगिक क्षेत्रलाई नसमेटे पनि कार्यनीतिमा राखेर काम गर्ने वातावरण सरकारले मिलाउनु पर्ने बताए ।
नेकपा एमालेका पूर्व अध्यक्ष टिकाराम खड्काले सरकारले दाङको लागि सार्वजनिक गरेको बजेट योजना दङ्गालीको लागि पर्याप्त भएको बताए । ‘पुराना योजनाहरु सम्पन्न भएका छैनन्’ पूर्व अध्यक्ष खड्काले भने ‘सरकारले गरेको प्रस्तुत बजेटमा नीतिगत कुरा आएको छ, सबैले बुझ्न जरुरी छ ।’ दाङको बजेट सन्तोषजनक आएको उनको दाबी छ । अहिलेको सरकारले पूर्व तयारीका साथ नीतिगत बजेट आएको उनले बताए ।
‘सरकारका प्रस्तुत बजेट सार्वजनिक कार्यक्रममा कतै पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको बारेमा कुरो सुनिएन’ पूर्व अध्यक्ष खड्काले भने ‘यसको लागि पछि पैसा आउँछ ।’ ६ लेन बाटो बनाउनेदेखि सिंचाईसम्मको बजेट छुट्याइएको उनले बताए । विकास निर्माणका निम्ती सरकारले गुरुयोजनाको निर्माण गरेको हुँदा अबको पाँच वा दश वर्षभित्र दाङको ठूला आयोजनाको पनि विकास हुने उनले बताए ।
नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रस्तुत बजेटमा अन्योलमा देखिन्छन् । ‘अर्थमन्त्री प्रस्तुत गरेको बजेट कृषि, उद्योग र शिक्षामा समाजवादी उन्मुख देखिन्छ’ संयोजक पन्तले भने ‘विमानस्थल र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा योजना सार्वजनिक भएन्, यी योजनाहरु केन्द्रीय तहबाट आउने हो वा प्रदेश सरकारवा हुने हो ?
विमानस्थल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र सडक सञ्जाललगायत ठूला योजनाहरु प्रदेश सरकारबाट आउने हो भने अर्थमन्त्रीले प्रस्तुत गरेको बजेट योजना स्वागतयोग्य छ । इमान्दारिताका कार्यान्वयन ग¥यो भने यी योजनाहरु राम्रो रहेको उनले बताए । अर्थमन्त्री सार्वजनिक गरेको बजेट योजनामा कृषि र उद्योगमा आशलाग्दो योजना भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *