बजार अनुगमन

मुख्य खबर समाज

रुकुम, २८ साउन । पश्चिम रुकुममको आठविसकोट नगरपालिकामा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा एक लाख बराबरका म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको स्थानीय प्रशासनले जनाएको छ । अनुगमनको क्रममा दर्ता नभएका र ईजाजत प्राप्त नभएका तर मदिरा बिक्री गरिरहेका पसलहरुलाई सचेत गराउने उद्देश्यका साथ बजार अनुगमन गरिएको बताइएको छ । नगरपालिकाको राडी बजार र सिमबजारमा अनुगमन गर्दा विभिन्न पसलबाट ५० हजार बराबरको म्याद सकिएको आटा र मैदा बरामद गरेको गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *