Thursday, March 28, 2024
Homeमुख्य खबरबजारमा म्याद गुज्रेका सामग्री

बजारमा म्याद गुज्रेका सामग्री

- Advertisement -spot_img

तुलसीपुर, ४ कार्तिक । केही दिन अघिमात्रै तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले तुलसीपुर बजारको अनुगमन ग¥यो, बजारका विभिन्न पसल तथा होटेलमा गरिएको अनुगमनका क्रममा अधिकांश पसल तथा होटेलमा म्याद गुज्रिएका सामग्री, मूल्यसूचि नै नराखेको, होटलहरूमा अखाद्य रंगहरू मिसावट गर्ने गरेको खाद्य तथा किराना पसलमा चाउचाउ, फ्रुटी, बिस्कुट, चियापत्ती लगायतका दैनिक उपभोग्य सामग्री म्याद गएका भेटिएपछि ति सामग्रीहरू जफत गरी नष्ट पनि गरियो ।
मापदण्ड विपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई उपभोक्ता हित संरक्षण शाखाबाट अनुगमनका लागि खटिएको टोलीले आगामी दिनमा यस्ता वस्तु नराख्न सुझाव दियो र अटेरी गरे तत्काल कारवाही गर्ने चेतावनी पनि दियो ।
अनुगमनको क्रममा कतिपय पसल दर्ताबिनै सञ्चालनमा रहेकाले ति व्यवसायीलाई तत्काल व्यवसाय दर्ता गरी सञ्चालन गर्न पनि उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले निर्देशन पनि दिइन् ।
अनुगमनको क्रममा अधिकांश पसलमा म्याद गएका सामग्री, मूल्यसूचि नै नराखेको, दर्ताबिनै सञ्चालनमा आएको, फरक–फरक मूल्यमा बिक्री वितरण गर्ने गरेको भेटिएपछि उनले व्यवसायीलाई तत्काल सबै सच्याउन आग्रह गरिन् तर तुलसीपुरमा बजार अनुगमन गरिएको यो पहिलो पटक भने थिएन ।
बजारमा अनुगमन गरिएको पहिलोपटक नभएपनि व्यवसायीले भने पहिलोपटक झैँ गरी अबदेखि यस्तो गल्ती नगर्ने प्रतिवद्धता पनि गरे । स्वभाविक पनि थियो । अनुगमन टोलीले यसअघि अनुगमन गरेपनि ति ठाउँमा भने अनुगमनको टोली पहिलो पटक पुगेको थियो ।
उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले यसअघि दसैँको समयमा मासु पसलको अनुगमन गरेको थियो  । मासु पसलमा भएको अनुगमनमा अधिकांश मासु पसल नियमविपरीत सञ्चालनमा रहेको पाइएको थियो । तर ति मासु पसल पनि अहिलेसम्म सुधार हुन सकेका छैनन् ।
उपमहानगरापलिकाले गर्ने विभिन्न अनुगमनमा यस्ता विभिन्न समस्या देखिरहने गर्छन् । अनुगमन निरन्तरता हुन नसक्दा मापदण्डविपरीत सञ्चालनमा आएका व्यवसायी कानुनको दायरामा आउन सकेका छैनन् ।
दाङका बजारमा विभिन्न समयमा अनुगमन हुने गरेपनि प्रभावकारी हुन सकिरहेको छैन् । घोराही, तुलसीपुर, लमही, भालुवाङ लगायतका बजारमा नाममात्रको अनुगमन हुँदा नियमविपरीत व्यवसाय संचालन गर्ने व्यवसायी कानुनको दायरमा आउन सकिरहेका छैन् । अनुगमन प्रभावकारी नहुँदा कालोबजारी मौलाएको छ भने उपभोक्ता मारमा पर्ने गरेका छन् ।
पसलमा व्यवसायीले मूल्यसूचि राख्ने गरेका छैनन् भने म्याद गुज्रिएका सामानहरू पनि खुलम–खुल्ला रूपमा बिक्री वितरण भइरहेको छ । सम्बन्धित निकायले गर्ने मौसमी अनुगमनले बजारमा भइरहेको कालोबजारी नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् । सम्बन्धित निकायको लापरबाहीका कारण उपभोक्ता पाइलैपिच्छे ठगिन बाध्य छन् भने राज्यलाई पनि करोडौँको राजस्व घाटा हुने गरेको छ ।
बजारमा किराना तथा खाद्य पसल होस् या मासु पसलमा होस् व्यवसायीले आफूखुसी मूल्यमा सामान बिक्री वितरण गर्ने गरेको पाइएको छ । व्यवसायीले आफूखुसी मूल्य तोक्दा आफूहरू ठगिन बाध्य भएको उपभोक्ताले गुनासो गरेका छन् ।
व्यवसायीको लापरबाहीको मारमा उपभोक्ता परेपनि सम्बन्धित निकायले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको उपभोक्ता नारायण आचार्यले बताए । ‘व्यवसायीको लापरवाही र अटेरीका कारण उपभोक्ता मारमा पर्ने गरेका छन्’ उनले भने–‘खै सम्बन्धित निकाय ? बजार अनुगमन नाम मात्रको हुँदा उपभोक्ता पाइला–पाइलामा ठगिन बाध्य छन् ।’
बजारमा देखिएको चरम कालोबजारीलाई नियन्त्रणका लागि अब हप्तामा दुई पटकसम्म अनुगमन गर्ने गरी योजना बनाएको तुलसीपुर उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रावतले बताए । ‘बजारमा हामीले अहिले गरिरहेको अनुगमन पर्याप्त होइन, उनले भनिन्–
‘यसका लागि अब हप्ताको दुई पटक र वर्षमा १ सय १० पटकसम्म अनुगमन गर्ने योजनामा छौँ । बजार हुने गरेको कालोबजारी नियन्त्रण गर्न उपभोक्ता पनि सचेत हुनुपर्ने उनले बताइन् । ‘उपभोक्ताको अधिकारका लागि हामी पनि सचेत छौँ, तर उपभोक्ता पनि सचेत हुनसके बजारमा देखिएको लापरवाहीको अन्त्य गर्न सहज हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here