बजारका सडक सुधार

सम्पादकीय

तुलसीपुर बजार क्षेत्रका सडकहरू धराप सडकका रूपमा रहेका छन् । बजार क्षेत्रमा सबै सडकहरू लामो समयदेखि जोखिम बढाइरहेको र सहजरूपमा आवागमन नभएको र सवारी साधन र नागरिक सडकमा हिड्दा पनि सुरक्षित सडक छैन । दुर्घटना बढाउने खालका सडक छ । यो भए पनि त्यसको समयमै मर्मत सम्भार भएको छैन ।
स्थानीय सरकार यो विषय मौन जस्तै छ । तुलसीपुर उपमहानगरपालिकाको मुख्यालय तुलसीपुर बजार क्षेत्रका प्राय सबै लाइनका साडकहरू जीर्ण बन्दै गएका छन् । सडकमा ठूला–ठूला धराप थापेका जस्ता खाल्डाहरू रहेका छन् । नियमित मर्मत नहुँदा सडक जीर्ण बन्दै जाँदा पनि सरोकारवाला पक्षले सडकलाई ध्यान नदिनु लाजमर्दाे देखिएको छ ।
अधिकांश साना र ठूला मार्गहरूको अवस्था जीर्ण नै छ । उचित मर्मत सम्भार र जगेर्ना हुन नसक्दा जोखिम पनि त्यत्तिकै बढी छ । तर पनि यसको सुधार हुन नसक्नुले दैनिक हजारौ सवारी साधन गुड्ने र लाखौं जनाको जीवनसँग जोडिएका सडकहरू राजमार्गहरू संरक्षित नहुँदा संकटमा देखिनु राम्रो हैन । तुलसीपुरको बजार क्षेत्रमा राप्तीको लाइफ लाइन जोडिएको राजमार्ग पनि छ । त्यो पनि मर्मत सम्भार हुन सकेको छैन ।
राप्ती राजमार्ग पनि जीर्ण बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गको पनि अवस्था त्यस्तै नै छ । नियमित रूपमा मर्मत सम्भार नहुँदा यो मार्गमा पनि धेरै स्थानमा जोखिम छ ।
यो अवस्थालाई तत्काल सुधार गर्नसके दुर्घटना न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ । यातायातलाई सहज बनाउन सबै ठाउँमा सडक सञ्जाल जोडिदै गएको छ । लाइफलाइन मार्गको रूपमा पूर्व–पश्चिम खण्डको केही भाग दाङमा पर्छ । त्यो पनि जीर्ण नै छ ।
सडक सञ्जालले यातायातलाई सहज बनाई रहदा बजार क्षेत्रकै सडक र राजमार्गहरू जीर्ण हुँदै जानु उचित हैन । मर्मत सम्भार नहुँदा भने ठूला तथा जटिल समस्याहरू पनि आउन सक्ने देखिन्छ ।
एकपटक कालोपत्रे गरेपछि त्यसलाई बर्षौैसम्म त्यसको संरक्षण र मर्मत नहुँदा अहिले सडकहरू पूरै जीर्ण भएको छ । जीवनसँग जोडिएका सडकहरूको अवस्था सुधारिनु पर्छ । यसमा राज्यले लापरबाही गर्नु हुँदैन ।
सडकसँग जोडिएका राज्यका निकाय सडकलार्ई लाइफलाइनकै रूपमा संरक्षण गर्न सक्नुपर्छ । अमिलिया–तुलसीपुरदेखि सल्यान–रूकुमसम्मको राप्ती राजमार्गको जोडेको तुलसीपुर बजार क्षेत्रको सडकको अवस्था बेहाल छ ।
बजार क्षेत्रको सडकको अवस्था हेर्दा सडक मर्मतका सबैको बेवास्ता छ भन्ने प्रष्ट देखिन्छ । त्यसमा पनि एक निकायले अर्काे निकायलाई दोष लगाउँदैमा सडक जीर्ण हुने क्रम बढी रहनु कुनै निकाएको लागि राम्रो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *