बजाज महाएक्सचेन्ज मेला हुने

मुख्य खबर

घोराही, ११ असोज । बजाज महाएक्सचेञ्च मेला २०७६ हुने भएको छ । यही असोज १२ देखि १६ गतेसम्म एक्सचेञ्ज मेला हुने राप्ती अटो इन्जिनियरिङका सञ्चालक बलदेव योगीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।
विगत २१ वर्षदेखि राप्ती अटो इन्जिनियरिङ घोराहीबाट बजाज ब्राण्डका मोटरसाइकल चढ्ने सेवाग्राहीहरुलाई सेवा दिदै आएको जानकारी गराउँदै योगीले शहिद गेटमा रहेको शोरुमको प्राङ्गणमा पुरानो मोटरसाइकल साटी नयाँ लैजान व्यवस्था गरिएको उनले बताए ।
मेलाको योजना अनुसार न्यूनतम ८ हजारदेखि २ लाखसम्मको स्क्र्याच कुपन व्यवस्था गरिएको उनले बताए । योजनामा ग्राहकले हेल्मेट, लेगगार्ड, बाइक कभर र ल्यापटप ब्याग उपहारको रुपमा निःशुल्कको व्यवस्था गरिएको उनले बताए ।
नयाँ मोटरसाइकल खरिद गर्नको लागि क्यास र फाइनान्सको पनि व्यवस्था गरिएको उनले बताए । त्यसैगरी यही असोजदेखि हुलास फाइनान्सको किस्ता भुक्तानी रकम आईएमईपेबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको उनले बताए । योगीका अनुसार आर्थिक वर्ष ०७६÷७७ को कर शोरुमले तिरिदिने समेत व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *