- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजबजाज एक्सचेन्ज मेला तथा साँस्कृतिक कार्यक्रम हुने

बजाज एक्सचेन्ज मेला तथा साँस्कृतिक कार्यक्रम हुने

- Advertisement -spot_img

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा बजाज एक्सचेन्ज मेला तथा सांगीतिक कार्यक्रम हुने भएको छ । बजाज कम्पनीले नयाँ वर्षको अवसरमा आगामी बैशाख १० गतेदेखि १५ गतेसम्म बजाज एक्सचेन्ज मेला तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने बजाज शोरुम तुलसीपुर सञ्चालक प्रदिप केसीले जानकारी दिए । तुलसीपुरको अरनिको मैदानमा हुने साँगीतिक कार्यक्रम निःशुल्क अवलोकन गर्न सकिने उनले बताए ।
बजाज कम्पनीले नयाँ वर्षको अवसरमा विभिन्न उपहार योजना रहेको जनाएको छ । कम्पनीले उल्टो अफर योजना ल्याएको सञ्चालक केसीले बताए ।
कम्पनीले किनेपछि जित्ने होइन, जितेपछि किन्ने उपहार योजनाअन्तर्गत नयाँ मोटरसाईकल किन्नुभन्दा अघि १ लाखसम्म र खरिद गरिसकेपछि १ लाखसम्म गरी २ लाखसम्मका नयाँ वर्षको उपहार योजना रहेको जनाएको छ ।
त्यस्तै कुनैपनि ब्राण्डको पुरानो मोटरसाईकल वा स्कुटर कम्पनीले न्युनतम ३० हजारमा खरिद गर्ने जनाएको छ । अन्य बाइकको भने उत्कष्ट मूल्यांकन गरिने जनाइएको छ । बाइक खरिद गर्दा हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप ब्याग निःशुल्क उपलब्ध गराइने सञ्चालक केसीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here