बगरमा १५ हजार बिरुवा रोपियो

समाज

घोराही, ६ साउन । दाङमा नदी तथा खोला किनारलाई वनको रुपमा विकास गर्न वृक्षारोपण अभियान थालिएको छ । वन कार्यालय, स्थानीय सरकार र स्थानीय समुदायको सक्रियतामा नदी तथा खोला किनारलाई हरियाली बनाउन बृहत्तर नदी किनार वृक्षारोपण अभियान थालिएको हो ।
एक महिना पहिले घोराही उपमहानगरपालिकाको हापुरखोलामा बगर क्षेत्रमा बिरुवा रापेर स्थानीय समुदायलाई वन हस्तान्तरण गरिएको थियो । यसैक्रममा सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर ५ को खैरा कचिला सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको १५ बिगाहमा १५ हजार बिरुवा रोपिएको छ ।
डिभिजन वन कार्यालय घोराहीको साढे ८ लाख रुपैयाँको लागतमा तारवारसहित वृक्षारोपण गरिएको हो । वडा अध्यक्ष विष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले आँपको बिरुवा रोपेर १५ हजार बिरुवा रोपणको अभियान थालिएको हो ।
आँप, कटहर, खयर, सिसौ, बाँस, टीग, टटेलो, अमलालगायतका विरुवाहरु १५ बिगाह क्षेत्रफलमा रोपिएको हो । वन उपभोक्ता समूह, जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सुरक्षा निकायमा भर्नाका लागि खोलिएका सेन्टरका प्रशिक्षार्थी, निजामती कर्मचारीसहित एक हजार जनाले बिरुवा रोपेका हुन् ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रहरी प्रमुख बेलबहादुर पाण्डेसहितका व्यक्तिहरु समेत बृक्षारोपणमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले हराभरासहित व्यावसायीक ढंगले फाइदा हुने बिरुवाहरुलाई प्राथमिकता दिनुपर्ने बताए ।
त्यसैगरी डिभिजन वन कार्यालय घोराहीका प्रमुख दिपक ज्ञवालीले यसबर्ष जिल्लाभरी ६० विगाह क्षेत्रफलमा बिरुवा रोपिएको जानकारी दिए । घोराही क्षेत्रमा मात्रै ३० बिगाहमा बृक्षारोपण भएको उनको भनाइ छ ।
हरियाली प्रवद्र्धनसँग कुनै पनि खाली क्षेत्रलाई उपभोगमा ल्याउन नदी किनारमा वृक्षारोपण अभियान थालिएको उल्लेख गरे । स्थानीय वन समूहका पुष्पा वलीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *