Wednesday, March 27, 2024
Homeमुख्य खबरबगरखेतीमा एक लाख अनुदान

बगरखेतीमा एक लाख अनुदान

- Advertisement -spot_img

तुलसीपुर, २९ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायीक तरकारी खेती गर्नेलाई अनुदान दिने भएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यवसायीक तरकारी खेती गर्ने किसानहरुलाई प्राविधिक उपकरण, डिपवोरिङ, बिउ अनुदानलगायतको सहयोग गरिने बताएका हुन् । ‘३० कठ्ठासम्ममा बगर खेती गर्नेलाई एकलाख बराबरको विभिन्न सहयोग गर्नेछौँ’ पाण्डेले भने । उनले व्यवसायीक रुपमा बसन्ती मकै खेती गर्ने किसानलाई बिउको सम्पूर्ण अनुदान दिने समेत जानकारी दिए । ‘व्यवसायका लागि खेती गर्ने किसानहरुलाई कुनै पनि कुराको कमी हुन दिदैनौँ’ पाण्डेले भने । उनले उत्पादन बृद्धिका साथै बजारीकरणका लागि पनि उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।
उपमहानगरपालिकाको कृषि शाखाले व्यवसायीक तरकारी खेतीतर्फ किसानहरुलाई आकर्षित गर्नका लागि सबैलाई जम्मा पारेर विभिन्न खेतीका बारेमा जानकारी दिएको छ । कार्यक्रममा किसानहरुलाई बसन्ती मकै र बगर खेतीका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा बसन्ती मकै खेतीका बारेमा जानकारी दिदै कृषि शाखाका प्राविधिक सहायक शंकर न्यौपानेले वर्षमा तीन बाली लगाउन सकिने बताएका थिए । व्यवसायीक रुपमा खेती गर्ने किसानहरुका लागि बसन्ती मकै निकै उपयोगी भएको न्यौपानेले बताए । प्राविधिक न्यौपानेले एक कठ्ठामा मकै खेती गर्नका लागि २ हजार जति लागत लाग्ने र १० हजारसम्मको आम्दानी हुने जानकारी गराएका थिए । कार्यक्रममा प्राविधिक सहायक कुलराज चौधरीले बगर खेतीका बारेमा जानकारी गराएका थिए । तुलसीपुर उपमहानगरका विभिन्न ठाउँमा बगर खेतीको सम्भावना रहेको भन्दै उनले लौका, तरवुजा र काक्रा लगायतको खेती गर्न सकिने उनले बताए । उक्त होलसेल पसलमा शुक्रबार

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here