Tuesday, March 26, 2024
Homeविचारउपभोक्ता अधिकारमा खबरदारी

उपभोक्ता अधिकारमा खबरदारी

- Advertisement -spot_img

बिहान उठेदेखि रातिसम्म प्रयोग गर्ने दैनिक उपभोग्य सामानमा उपभोक्ता ठगिन बाध्य छन् । बजारमा पसलैपिच्छे फरक मूल्य छन् भने अखाद्य वस्तुहरु पनि खुलम खुल्ला बिक्री हुने गरेका छन् ।
फितलो कानुन र अनुगमनको नहुँदा उपभोक्ता हरेक पटक ठगिनुपरेको छ । अझ विषशेगरी चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी तथा अखाद्य वस्तुहरु भित्रिने गरेको पाइन्छ । जसका कारण उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् ।
बजारमा सामान किन्दा ठगिन बाध्य धेरै उपभोक्तालाई अहिले पनि संयुक्त राष्ट्रसंघको महासन्धि, सन्धि, नेपालको संविधान र कानुनहरू समेतले उपभोक्ता हकअधिकार सुनिश्चित गरेको थाहा छैन ।
त्यसो त देशमा उपभोक्ता अधिकारको सवालमा आवाज उठाउने धेरै संघसंस्थाहरु छन् । बजारमा अस्वभाविक भइरहने मूल्यवृद्धि, कालोबजारी, सिन्डिकेटको आडमा खुलेआम उपभोक्ताको अधिकार हनन् भइरहेको अवस्थाप्रति सरोकारवाला निकाय मुकदर्शक मात्रै बनेका छन् ।
किन कर्मकाण्डी रुपमा मात्रै प्रस्तुत हुन्छन् त उपभोक्ता अधिकारकर्मी र सम्बन्धित सरकोरावाला संघ, संस्थाहरु ? के उपभोक्तावादी संस्थाहरुले जनताको नाममा झनै लुट धन्दालाई प्रश्रय दिएका हुन् त ? यो प्रश्न यतिबेला आम नागरिकको मनमा उठेको प्रश्न हो । बजारमा न मूल्यमा एकरुपता छ न त राम्रो गुणस्तर सामान पाउन सकेका छन् उपभोक्ताले ।
बजारमा हुने अखाद्य वस्तु र कालोबजारी हुन नदिन के प्रयास भइरहेको छ त ? आज हामीले राउण्ड टेबलको यो अंकमा छलफल र बहसको विषय बनाएका छौं । प्रस्तुत छ सारसंक्षेपमा गरिएको कुराकानी । 


नविन पोखरेल
सदस्य
उपभोक्ता अधिकार अनुसन्धान मञ्च, दाङ

नेपालमा चाडपर्वको समयमा बढी अखाद्य मिसावट तथा कालोबजारी हुने गरेको पाइन्छ । हामी हाम्रो संस्था उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चले यहि समयमा बढी गरेर अनुगमन गर्ने गरेका छौँ ।
प्रदेश टुडेउपभोक्ता संरक्षण ऐनले के भन्छ भने जीउ, ज्यान र स्वास्थ्यका लागि खतरनाक वस्तुको बिक्री वितरणबाट सुरक्षित हुने अधिकार, उपभोक्ताको सुसूचित हुने अधिकार, प्रतिस्पर्धात्मक मूल्यमा वस्तु तथा सेवाको छनोट गर्ने अधिकार, न्यायीक निकायबाट सुनुवाईको अधिकार छ, यि कुराको उपभोक्ताले सदुपयोग गर्नुपर्छ ।
तर समग्र बजार उद्योगी तथा व्यापारीको नियन्त्रणमा छ । बजारको माग अनुसार मूल्य निर्धारण हुनुपर्नेमा व्यवसायीको आलोपालो प्रथा र मनोमानीका भरमा मूल्य र गुणस्तर निर्धारण हुने गरेको उपभोक्ताको गुनासो छ । सरकारले नीति कार्यान्वयन गर्न नसक्दा व्यवसायी उम्कने र उपभोक्ता ठगिने गरेका छन् । बजार अनुगमन भइरहे पनि उपभोक्ताको मागअनुसारको काम हुन नसकेको गुनासो आउने गरेको छ । विडम्वना के छ भने कानूनी कार्यान्वयन गर्ने पक्ष सरकार हो ।
नेपाल सरकार नै व्यवसायप्रति विभिन्न सम्झौताहरु गर्ने, नाजायज मागहरु सम्बोधन गर्न लगाउने, जायज मागहरुको सुनुवाई नगर्ने यस्तो परिपाटीले गर्दा यो हो कि भन्ने आशंका जनतामा पैदा भएको छ ।
तर स्वभाविक पनि हो, यो समयमा उपभोक्ताले पनि सामानहरु किन्ने र बिक्री गर्ने काम अधिक मात्रामा हुने हुँदा व्यापारीहरुले पनि यो अवस्थामा बढी मात्रामा म्याद सकिएका, गुणस्तरहीन सामानहरु बजारमा ल्याउन बेच्न निषेध गरिएका वस्तु बिक्रीमा ल्याउने कारणले गर्दा विभिन्न आमसञ्चार माध्यमहरुमा यस्ता घटनाहरु धेरै सुनिन्छन् ।
यसलाई गम्भीरतापूर्वक उपभोक्ताले सोच्नुपर्छ । केहि न केहि हाम्रो खबरदारीले पनि उपभोक्ता अधिकार सुरक्षित हुनसक्छ भनेर लागेका छौँ । यसमा जिम्मेवार निकायले समयमै यि र यस्ता कुरामा बढी ध्यान दिनुपर्छ भने उपभोक्ता पनि स्वयम् सचेत हुनुपर्छ भन्ने लागेको छ । बजारमा देखिएका समस्यालाई हामीले बाहिर ल्याउने र उपभोक्ता सचेत बनाउन काम गरिरहेका छौँ । सबैले चासो चिन्ता देखाउनुभयो भने कालोबजारी र अखाद्य वस्तु नियन्त्रणमा पक्कै पनि सहयोग पुग्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here