- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरफ्लोरेन्स अस्पतालमा अप्रेसन सेवा

फ्लोरेन्स अस्पतालमा अप्रेसन सेवा

- Advertisement -spot_img

लमही, २६ असार ।
लमहीमा रहेको फ्लोरेन्स अस्पतालमा पहिलो पटक रेडियस प्लेटिङ्ग र पटेलाको सफल अप्रेसन भएको छ । अस्पतालका प्रमुख डाक्टर पुष्प भुसालका अनुसार लमही नगरपालिका वडा नम्बर ६ देउपुरका इन्द्र खत्री, लमही नगरपालिका वडा नम्वर २ फल्कापुर निवासी ८२ वर्षीय भुवनेश्वर पौडेलको पनि मेटमटमर्सल प्लेटिङ्गको सफल अप्रेसन भएको हो । गढवा गाउँपालिका वडा नम्बर ४ कटट्यान गाउँका ४५ वर्षीय वसन्ती चौधरीको खुट्टाको औलामा तार राखी अप्रेसन भएको हो । त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढका जोगमणि चौधरीको समेत अस्पतालमा सफल अप्रेसन भएको डाक्टर भुसालले बताए । अप्रेसनपश्चात तीनजना बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ भने एकजनालाई अस्पतालदेखि डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै हालसम्म फ्लोरेन्स अस्पतालमा हातखुट्टा भाँचिएको रड राख्नु पर्ने र रड निकाल्नु पर्ने अप्रेसनहरु गरिने अस्पतालले जानकारी दिएको छ । जनरल सर्जरी र महिलाहरुको पाठेघरको अप्रेसन अण्डाशयको अप्रेशनहरु समेत भैरहेको हुँदा देउखुरीबासीहरु बाहिर जानुपर्ने बाध्यताबाट केही हदसम्म मुक्त भएको डा. पुष्प भुसालले जानकारी दिए । अहिलेसम्म अस्पतालमा ८२ वटा अप्रेसन भइसकेको पनि उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here