- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरफोनविहीन शान्तिनगर

फोनविहीन शान्तिनगर

- Advertisement -spot_img

दाङ, १ जेठ । दाङको सुगम क्षेत्रमा पर्ने शान्तिनगर गाउँपालिका सञ्चारविहीन अवस्थामा रहेको छ । शान्तिनगर गाउँपालिकाको मुख्यालय चिराघाटमा अहिलेसम्म पनि टेलिफोन सेवा सञ्चालन हुन सकेको छैन ।
गाउँपालिकाको कार्यालयमा मोवाइल फोन र टेलिफोन सेवा नहुँदा सेवाग्राही तथा स्थानीयहरुले सास्ती भोगिरहेको छन् । भने जनप्रतिनिधिहरुमा समेत हैरानी हुने गरेको छ । हामी आएको ढेड वर्ष भयो, धेरै पटक फोन सेवा विस्तारको लागि नेपाल टेलिकममा धायाँै ।
तर अहिलेसम्म काम हुन सकेन, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले भने, मन्त्रालयबाट र क्षेत्रीय कार्यालय नेपालगंजबाट फोन सेवाको लागि टावर विस्तारको समेत निर्णय हुँदा पनि कार्यान्वयन भएन ।
गाउँपालिकामा नेपाल टेलिकम र एनसिएलको मोवाइल नेटवर्क नहुँदा धेरै समस्यामा परेका छाँै, अध्यक्षले भने कार्यालय समयभरि सञ्चारविहीन अवस्थामा बस्नुपर्ने भएको छ ।
अध्यक्ष डाँगीले नेपाल टेलिकमको क्षेत्रीय कार्यालय नेपालगंज र दाङको तुलसीपुर कार्यालयमा पटक–पटक जानकारी र अनुरोध गर्दासमेत त्यो काम हुन सकेको उनले गुनासो गरे बताए । नेपाल टेलिकमको ल्यानलाइन्ड, मोवाईन सेवा नहुँदा, गाउँपालिकामा महङ्गो शुल्क तिरेर इन्टरनेट सेवा लिनु परेको गाउँपालिका अध्यक्ष डाँगीले बताए ।
जिल्लाका सबै स्थानीय तह र तिनका मुख्यालयमा टेलिफोनको सुविधा र पहँुच भए पनि उपमहानगरसँग जोडिएको सुगम मध्यको शान्तिनगर गाउँपालिकामा मात्रै फोन सेवाको पहुँच छैन ।
सानो कामको लागि पनि गाउँपालिका नै आउनुपर्छ स्थानीय झकबहादुर पाण्डेले भने, फोन लाग्ने भइदिएको भए पूर्ण जानकारी पाएर मात्रै आउने हुन्थ्यो ।
बुधबार योजनाको फरफारकका लागि गाउँपालिका आए लेखा अधिकृत विरामी भएर कार्यालय आउनु भएको रहेनछ, त्यतिकै फर्कनु प¥यो उनले भने, फोन भएको भए एक पटक बुझेर आउँथे । गाउँपालिकामा फोनको सेवा नहुँदा हामी उपभोक्ताले सास्ती पाएका छौ, उपभोक्ता रामशरण चौधरीले भने ।
नेपाल टेलिकम तुलसीपुरका कार्यालयका प्रमुख चन्दन झाले शान्तिगरको लागि सेवा विस्तार आवश्यक रहेको बताए । शान्तिनगर उपयुक्त ठाउँको त्यो ठाउँको सेवाका लागि प्रयास भइरहेको र आवश्यक सामग्रीको अभावले मात्रै ढिला भएको हो, उनले भने,
छिट्टै समाधान गर्छौ । शान्तिनगरमा सेवा विस्तारका लागि एमसान नामक उपकरण आवश्यक पर्छ त्यो नभएकाले केही समस्या भएको छ । यसका व्यवस्थापनको प्रयास भइरहेको प्रमुख झाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here