रेशा शर्मा
योग भनेको जोडिनु हो । सरल छिटो र सामान्य अर्थमा योग स्वस्थ शरीर र मन लिएर आनन्दसँग जीवन जिउनु नै योग हो । प्रायः मानिसहरुले योगको वास्तविक अर्थ नबुझेर योग त जोगीले,
रोगीले, वृद्धवृद्धा मानिसले गर्ने काम हो भनेर यसलाई अपहेलना गरेको पाइन्छ त योग शब्द पुरानो भएपनि यसको पद्धति पुरानो भए पनि हाल यसको महङ्खव विस्तारै जनमानसमा आउन थालेको छ ।
शरीर स्वस्थ राख्ने मन र बुद्धिलाई सवल बनाउन डाक्टर तथा वैज्ञानिकहरुले समेत यसको अनुसन्धान र विश्लेषण गरेर यसको उपयोगिताको बारेमा बुझ्दै आएका छन् । आज योगले विश्वव्यापी रुपमा महङ्खवपूर्ण स्थान ओगटेको कुरा हरेक देश–देशमा खुलेका योग थेरापीको प्रणालीबाट प्रष्ट हुन्छ ।
वैद्धिक युग अगाडि नै हिमालयमा बास गर्ने महायोगी शिवले योग सुरु गरेका हुन् र उनको पहिलो शिष्य पार्वती हुन् भन्ने मान्यता छ । आठौँ शताब्दीतिर योगी मत्स्यन्द्रनाथले शिवजीबाट आसनहरु सिकेर आफ्ना शिष्य गोरक्षनाथलाई ज्ञान दिएका थिए ।
त्यसपछि पतञ्जली ऋषिले योग सूत्रको रचना गरेका हुन् भन्ने मानिन्छ । उनले योगको सम्पूर्ण पक्षलाई सरल तरिकाले व्याख्या गरी व्यापक पारी दिएको मानिन्छ ।
वर्तमान समयमा योगर्षी स्वामी रामदेवबाट युग अनुसारको आवश्यकता पहिचान गरी समाधान स्वरुप योगको गहन अध्ययन गरी यसलाई योग प्याकेजको रुपमा विश्व समक्ष प्रस्तुत गरे ।
त्यसै प्याकेजलाई अहिले नेपालमा पनि गर्न थालिएको छ । पछिल्लो समय योग अभ्यास गर्नेको संख्या नेपालमा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । योगको नियमित साधनाको माध्यमबाट विभिन्न किसिमका मानसिक र शारीरिक अशुद्धीलाई हटाउने प्रयास हरेक व्यक्तिले योगबाट नै गरेका छन् ।
दाङको सन्दर्भमा पनि योग ०६३÷०६४ सालदेखि गर्न थालिएको हो । जिल्लामा हालसम्म करिब एक सय बढी योग कक्षाहरु सञ्चालनमा रहेका छन् भने ६५ वटा कक्षा विभिन्न हलमा भाडा तिरेर र आफ्नै योग भवनामा सञ्चालनमा रहेका छन् ।
बाँकी खुला ठाउँमा सञ्चालन भइरहेका छन् ।तुलसीपुरमा सुरुमा तुलसीपुरमा रहेको त्रिसिद्धेश्वरी मन्दिरमा पतञ्जली योग केन्द्रमार्फत सञ्चालन भएको योग अभ्यास अहिले उपमहानगरका करिब ४० ठाउँमा सञ्चालन भइरहेका योग प्रशिक्षक टोपबहादुर केसीले बताएका छन् ।
अहिलेका मानिसहरुको व्यस्तताले गर्दा अव्यवस्थित जीवनशैली र खानपानले शरीरमा विभिन्न किसिमका रोग र अशुद्धि उत्पन्न हुने हुँदा ति अशुद्धि र रोग हटाउन र स्वस्थ जीवन शैली जिउनका लागि योग महङ्खवपूर्ण रहेको पतञ्जली योग दाङका उपाध्यक्ष शिवकुमार आचार्यले बताए ।
शारीरिक परिश्रम गर्नेका लागि पनि योग आवश्यक छ । योगले शरीरका सम्पूर्ण भित्री अंगहरुलाई पनि स्वस्थ सवल जागृत गर्दछ । योग शहर केन्द्रित मात्र नभई गाउँ–गाउँमा पुग्न जरुरी भएको पतञ्जली योग प्रदेश सल्लाहकार अरुण कुमार श्रेष्ठले बताए ।
समय संकल्प र विधि मिलाएर योग अभ्यास गर्दा जस्तोसुकै रोग पनि निर्मूल पार्न सकिन्छ । त्यसैले यो सम्पूर्ण मानव जातिका लागि आवश्यक छ । योग जीवनमा पूर्णता प्रदान गर्ने एक वैज्ञानिक साधन र सन्तुलित जीवन जिउने कला हो ।
योगको माध्यमबाट रोग निको पार्ने र रोग लाग्नबाट रक्षा गर्ने दुबै काम योग अभ्यासबाट सम्भव छ । आजको विश्वमा विभिन्न प्रकारका रोग उत्पत्ति भइरहेका छन् र ति रोगको समाधानका लागि झन धेरै प्रकारका औषधि उत्पादन भएका छन् ।
मानिसको गलत दिनचर्या अव्यवस्थित खानपान आदिले विभिन्न किसिमका शारीरिक र मानसिक रोगले मानिस ग्रस्त भएका छन् । यसलाई कम गर्नका लागि योग साधना अति आवश्यक छ ।
स्वस्थ खुशी, सुखी र अनुशासित जीवन जिउने कला नै योग हो भन्ने कुरा जनमानसमा छाप पर्न थालेको छ । फलतः यहाँ योग अभ्यासी बढेका छन् । योग साधनाको नियमित अभ्यासले मानिस स्वस्थ, सम्पन्न, ज्ञानी हुन्छ ।
देशका सम्पूर्ण मानिस स्वस्थ, सम्पन्न, ज्ञानी र अनुसाशित भए भने देशले छिट्टै समृद्धि हासिल गर्नेछ । त्यसैले घर–घरमा योग रहाँै निरोग भन्ने नारा लिएर सम्पूर्ण जनमानसमा पु¥याउनु हाम्रो दायित्व हुनेछ ।