- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरफेरिदो जीवनशैलीमा ‘योग’

फेरिदो जीवनशैलीमा ‘योग’

- Advertisement -spot_img

तुलसीपुर, ८ मंसिर । मानिसको फेरिदो जीवन शैलीका कारण देखिएका स्वास्थ्य समस्या समाधानको लागि योग आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पतञ्तजली योग नगर समिति तुलसीपुरको आयोजना तथा श्रीगैँ योग केन्द्रको व्यवस्थापनमा सहयोग शिक्षकलाई प्रदान गरिएको १ सय १० घण्टे तालिम समारोहका सहभागीले यस्तो बताएका हुन् ।
सहभागीहरूले योगका माध्यमबाट मानसिक तथा शारीरिक रूपमा स्वस्थ हुन सकिने भन्दै स्वस्थ जीवनशैलीका लागि योग आवश्यक रहेको बताएका छन् । तालिम समापन अवसरमा पतञ्जली योग समितिका सल्लाहकार संरक्षक तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज विश्वकर्माले योग मानव जीवनका लागि अमृत नै भएको बताए । उनले टोल–टोल, गाउँ–गाउँमा योग फैलाउन सके स्वास्थ्यमा गरिने लगानीको बचत गर्न सकिने बताए । खानपान र हिडडुलमा मानिसको जीवनशैली फेरिएको भन्दै उनले आगामी दिनमा स्वस्थ्यमा लगानी बढ्दै जाने र यसले समृद्ध समाज निर्माणलाई प्रभावित बनाउने बताए ।
पतञ्जली योग समिति नगर प्रमुख प्रह्लाद शाहको अध्यक्षता तथा पतञ्जली योग समितिका सल्लाहकार संरक्षक एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक विश्वकर्माको प्रमुख आतिथ्यतामा सहयोग शिक्षकको तालिम समापन गरिएको हो । समापन अवसरमा प्रदेश पशिक्षण प्रमुख दिपक बस्यालले रोग, भोक र शोक अन्त्यका लागि योग आवश्यक रहेको बताए ।
‘मानिसहरू व्यस्त जीवनशैलीका कारण मानसिक तनाव बढ्दै गएको छ’ उनले भने ‘योगका माध्यमबाट शारीरिक तथा मानसिक रोगको अन्त्य गर्न सकिन्छ ।’
पतञ्जली योग समितिका प्रदेश सल्लाहकार डा. अरूणकुमार श्रेष्ठले स्वस्थ र सुसंस्कृत समाज निर्माणका लागि योग फैलाउनुपर्नेमा जोड दिए ।
‘योग सबै समुदायमा पुग्न सक्यो भने सभ्य र सुसंस्कृत समाज निर्माण गर्न सकिन्छ, उनले भने ‘योगको आवश्यकता र महत्व बुझाउन जरूरी छ ।’ त्यस अवसरमा वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसी, पतञ्जली योग समितिका जिल्ला अध्यक्ष उदय डाँगी, जिल्ला सदस्य मोतिराम वली, समीक्षा रिजाल, नगर सदस्य दिपक शाह लगायतले योगको सचेतना फैलाउन र योगलाई प्रभावकारी बनाउन सहयोग शिक्षकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नारायणप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नगर सदस्य तथा तालिम संयोजक दुर्गाप्रसाद भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच पतञ्जली योग जिल्ला समितिको १५औँ सप्तसंग कार्यक्रम घोराही उपमहानगरपालिका–१२ हापुर नारेवाङको गढीकोट मन्दिरमा भएको छ । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष उदय डाँगीको अध्यक्षता तथा प्रदेश प्रभारी प्रेम शाहको प्रमुख आतिथ्यतामा सप्तसंग कार्यक्रम भएको हो ।
सत्संगले पतञ्जली योग समिति जिल्ला सल्लाहकारमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा योग प्रशिक्षक टोपबहादुर केसीलाई चयन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here