- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसम्पादकीयफेरिएको एसईर्ई

फेरिएको एसईर्ई

- Advertisement -spot_img

एसईई परीक्षा आजदेखि सुरु हुँदैछ । फलामे ढोकाको रुपमा रहेको एसएलसी परिमार्जन भएर अहिले एसईई भएको छ । यही एसईई परीक्षा आजदेखि देशभर एकसाथ सञ्चालन गरिदैछ । चार लाख ७५ हजार ३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना परीक्षार्थी छन् । एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे १० हजार कम भएको माध्यमिक शिक्षा परिषद्ले सार्वजनिक गरेको छ ।
दाङमा एसईई परीक्षा सञ्चालनको लागि ४४ वटा परीक्षा केन्द्र निर्धारण गरेर जिल्लाका ११ हजार ४ सय ६४ जना विद्यार्थी व्यवस्थापन गरिएको छ । ९१ सामुदायिक विद्यालय र ९२ निजी विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने देखाइएको छ ।
पहिलो पटक एसईईको परीक्षाको व्यबस्थापन प्रदेशले गरेको छ । एसईई परीक्षा सञ्चालन प्रदेशबाटै हुने भनिएको भए पनि केन्द्रबाटै सञ्चालन भएको छ भने ब्यवस्थापन प्रदेशले गरिरहेको छ । यसले संघीयताको कार्यान्वयनमा अधिकार प्रत्यायोजन गर्न सबै निकायले हात बाँधीरहेको प्रष्ट हुन्छ । एसईई प्रदेशको ब्यवस्थापनमा हुने देख्दा परीक्षाको अधिकार क्रमिक रुपले सर्ने तयारी पनि मान्न सकिन्छ ।
एसईई परीक्षा पहिलो पटक सातवटै प्रदेशको ब्यवस्थापनमा सञ्चालन हुने परीक्षाको अस्तिŒव पनि प्रदेशमा पुगेको मान्न सकिन्छ । प्रश्नपत्र पनि प्रदेश अनुसारकै तयार पारिएको सार्वजनिक भएको छ । तर ती प्रश्नपत्र केन्द्रले नै बनाएको छ ।
तर त्यसका लागि प्रश्नपत्र र उत्तरपुस्तिका परिक्षणको जिम्मा पनि प्रदेशमै आउन सकेमा प्रदेशको शिक्षा अधिकार देखिने छ । प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परिक्षणको काम भने पूर्ववत अवस्थामै केन्द्रले राख्नुले प्रदेशलाई परीक्षा सञ्चालनमा विश्वास नगर्नु देखिन्छ । १२ कक्षालाई राष्ट्रिय परीक्षाको रुपमा लिएपछि एसईईलाई प्रदेशबाट सञ्चालन गर्नु उपयुक्त मानिन्न्छ ।
नेपाल संघीय संरचनामा गएसँगै स्थानीय तहहरुले कक्षा ८ को परीक्षा आफ्नो नीति अनुसार सञ्चालन गरिसकेका छन् । स्थानीय तहले दोस्रो वर्ष कक्षा ८ को परीक्षा गरिसके । एसईई परीक्षा प्रदेशले गर्ने तयारी पनि विगतको वर्षदेखि नै भएको हो ।
तर अधिकार प्राप्त भएको छैन । यो वर्ष ब्यवस्थापनको जिम्मा आउनुले अबको एसईई प्रदेशबाटै हुने निश्चित देखिन्छ । परीक्षा जुन निकायले गरे पनि त्यसलाई मर्यादित, अनुसासित र सभ्य बनाउन सबै जिम्मेवार बन्नुपर्छ । परीक्षालाई मर्यादित बनाउन विद्यार्थी शिक्षक मात्रै हैन सरोकार राख्ने निकाय कटिबद्ध हुन सकेमा एसईईको मर्यादा कायम रहिरहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here