Monday, March 25, 2024
Homeखेलकुदफूल म्याराथन आज

फूल म्याराथन आज

- Advertisement -spot_img

दाङ, ९ बैशाख । आठौं राष्ट्रिय खेलकुदअन्र्तगत एथ्लेटिक्सअन्तर्गतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ । त्यसका लागि रुट तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ ।
बिहानै शुरु हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वारखोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाँडाचिस, बाघर पिपलको रुख नजिकबाट घुमेर श्रीगाउँ ७ नम्बर वडा कार्यालय अगाडि, कुमलगढी, गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुर हुँदै बेलझुण्डी रंगशालाको ट्रयाकमा एक राउण्डपछि समापन हुने जनाइएको छ ।
एथ्लेटिक्सअन्तर्गत आइतबार भएको चार समय मिटर दौडमा पुरुषतर्फ एपिएफका निरप्रताप महतोले स्वर्ण पदक जितेका छन् । ४९ दशमलब ३५ सेकेण्डका साथ स्वर्ण पदक जित्दा एपिएफकै शिबराज पार्कीले ५० दशमलब ४५ सेकेण्डका साथ रजत पदक हात पारे ।
त्यस्तै प्रदेश १ का प्रकाश दनुवारले ५० दशलमब ६३ सेकेण्डको टाइमिङका साथ कास्य पदक हात पारे । सोही प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ स्वर्ण र रजत पदकमा त्रिभुवन आर्मीले कब्जा गरेको छ ।
आर्मीकी तुलसा खत्रीले ५९ दशमलब ९१ सेकेण्डका साथ स्वर्ण पदक जित्दा संगीता मेचेले १ मिनेट ०० दशमलव २९ सेकेण्डका साथ रजत पदक हात पारिन् । यसैगरी कास्य पदकमा भने प्रदेश ५ की अरुणा रिजालले नाम लेखाउन सफल भइन् ।
एक सय मिटर हडल्स (बाधा) दौडमा महिलातर्फ प्रदेश ५ ले स्वर्ण पदक जितेको छ । प्रदेश ५ की प्रमिला थारुले १६ दशमलब २५ सेकेण्डका साथ स्वर्ण पदक जित्दा रजत पदकमा प्रदेश ५ की जयरानी चौधरीले नाम लेखाउन सफल भइन् ।
त्रिभुवन आर्मीकी तुलसा श्रेष्ठले कास्य पदक जितिन् । एक सय १० मिटर पुरुष हडल्समा त्रिभुवन आर्मीका निरकुमार चौधरीले स्वर्ण पदक जित्दा १५ दशमलब ५६ सेकेण्डको टाईमिङ निकाले ।
यसैगरी नेपाल पुलिस क्लवका चन्द्रदेव जोशीले १५ दशमलब ६७ सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका अशोक कुँवरले १६ दशमलब ७० सेकेण्डका साथ कास्य पदक हात पारे । पाँच हजार मिटर दौडमा महिलातर्फ प्रदेश ३ ले स्वर्ण पदक जितेको छ ।
प्रदेश ३ की सन्तोषी श्रेष्ठले १६ मिनेट ३८ दशमलब ६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । यसैगरी आर्मीकी विश्वरुपा बुढा रजत पदकमा सीमित भइन् ।
उनले १६ मिनेट ४६ दशमलब १ सेकेण्डका साथ रजत पदक हात पारिन् । त्यसैगरी एपीएफकी बृन्दा धनके श्रेष्ठले कास्य पदक जित्दा १७ मिनेट ०३ दशमलव ८ सेकेण्डको समय निकालेकी थिइन् ।
५ हजार मिटर पुरुष दौडमा गोपीचन्द्र पार्कीले १४ मिनेट ४४ दशमलब ३ सेकेण्डका साथ स्वर्ण पदक हात पारे । प्रदेश ६ का दुर्गा बुढाले १४ मिनेट ४६ दशमलब ०६ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जित्दा प्रदेश ४ का अनिस थापाले १४ मिनेट ५७ दशमबल १ सेकेण्डमा दूरी पूरा गर्दै कास्य पदक हात पारे ।
यसैगरी ट्रिपल जम्पअन्तर्गत आइतबार भएको फाइनलमा महिलातर्फ शिला चौधरीले स्वर्ण पदक हात पारिन् । उनले ११ मिटर १४ सेन्टिमिटरका साथ स्वर्ण पदक जितेकी हुन् । त्यसैगरी प्रदेश ५ की पूजा चौधरीले १० मिटर ६० सेन्टिमिटरका साथ रजत पदक जित्दा प्रदेश ५ कै सीमा चौधरीले १० मिटर ५७ सेन्टिमिटरका साथ कास्य पदक हात पारिन् ।
पुरुषतर्फ ट्रिपलजम्प पुरुषतर्फ प्रदेश ३ का भुवन महतोले स्वर्ण पदक जित्दा १४ मिटर ६० सेन्टिमिटरको छलाङ मारेका थिए । आर्मीका डिल्ली खत्रीले १३ मिटर ९८ सेन्टिमिटरका साथ रजत पदक हात पार्दा आर्मीकै आशिष चौधरीले १३ मिटर ९० सेन्टिमिटरका साथ कास्य पदक जिते । चार गुणा चार सय महिला रिले दौडमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ ।
उक्त प्रतिस्पर्धामा आर्मीका खेलाडीहरु कृष्णा चौधरी, संगीता मेचे, तुलसा खत्री र सरस्वती भट्टराईले ४ मिनेट ०२ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् ।
एपिएफका भागिरती थारु, सानुका थापा, फुलमती राना र स्वस्तिका श्रेष्ठको समूहले ४ मिनेट १३ दशमलब १४ सेकेण्डका साथ रजत पदक हात पारे । प्रदेश ५ ले कास्य पदक हात पार्दा अरुणा रिजाल, पूर्णीमा खड्का कमला जैसी र पूजा चौधरीको समूहले ४ मिनेट २२ दशमलब ४९ सेकेण्डको समय निकालेका थिए ।
पुरुषतर्फ ४ सय मिटर रिले दौडमा एपिएफ ३ मिनेट २० सकेण्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्दा आर्मीले ३ मिनेट २४ सेकेण्डका साथ रजत पदक हात पारेको थियो । यसैगरी कास्य पदक जितेको प्रदेश ५ ले ३ मिनेट ३४ सेकेण्ड समय निकालेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here