- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरफुलवारीमा एम्बुलेन्स

फुलवारीमा एम्बुलेन्स

- Advertisement -spot_img

तुलसीपुर, २१ जेठ । विकट वडालाई लक्षित गरेर तुलसीपुर उपमहानगरले सञ्चालनमा ल्याएको एम्बुलेन्स वडा नम्वर १३ फुलवारीलाई हस्तान्तरण गरिएको छ ।
सबैको पहुँचमा सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार एम्बुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।
शाखा प्रमुख दाहालका अनुसार हस्तान्तरण गरिएको एम्बुलेन्स वडाले आफ्नै मातहतबाट सञ्चालन गर्नेछ । विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले तीनवटा वडामा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले यो भन्दा अगाडि वडा नम्वर १ र १९ मा एम्वुलेन्स हस्तान्तरण गरिसकेको छ ।
वडामा सर्वसुलभ दरमा एम्बुलेन्स सञ्चालन हुने भएपछि स्थानीयबासीहरु निकै खुसी भएका छन् । ‘बजारबाट आउँदासम्म बिरामीको अवस्था निकै खराब भइसकेको हुन्थ्यो अब धेरै सजिलो हुने भयो’ स्थानीय शारदा खत्रीले बताइन् ।
उनले एम्बुलेन्स सेवा महंगो भएका कारणले गर्दा सर्वसाधारणले उपयोग गर्न नसकेको समेत जानकारी दिइन् । ‘सस्तो दरमा छुटसहित सेवा पाउने भएपछि गरिव भए पनि बाँचिने भइयो भन्ने लागेको छ’ अर्का स्थानीय विरबहादुर पौडेलले खुसी व्यक्त गरे ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले स्वस्थ रहन पाउने जनताको अधिकार रक्षाका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताए ।
उनले एम्बुलेन्समा सुत्केरी, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिएको समेत जानकारी दिए । ‘अब कसैले पनि छिटो उपचार हुन सकेन भनेर जीवन गुजार्नु पर्ने छैन’नगरप्रमुख पाण्डेले भने ।
कार्यक्रममा वडा अध्यक्ष डम्वर न्यौपानेले एम्बुलेन्स बुझ्दै विकट वडालाई लक्षित गरेर उपमहानगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here