- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरफस्टाउँदो विजौरीमा सबैको भूमिका

फस्टाउँदो विजौरीमा सबैको भूमिका

- Advertisement -spot_img

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ मा रहेको विजौरी उदाउँदो सहरको रुपमा रहेको छ । सहरीकरणमा पछि परेको विजौरी पछिल्लो समय सहरीकरणमा रुपान्तरण हुँदैछ । ब्यवसायीक केन्द्रको रुपमा पनि केही समयदेखि विजौरीको विकास भइरहेको छ । फस्टाउँदै गरेको विजौरीलाई विकास गर्न र गराउन स्थानीय सरोकारवालाहरुले के भूमिका निर्वाह गर्न सक्छन् ? विजौरीमा अबको आवश्यकतालगायतका विषयमा स्थानीय सरोकारवालासँग प्रदेश टुडेको नियमित स्तम्भ टुडे राउण्ड टेबलमा प्रतिक्रिया लिएका छौँ । 

विजौरीलाई आयुर्वेदको केन्द्र बनाऊ

राम कामेश्वर ठाकुर
निर्देशक
मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय

समग्र विजौरी क्षेत्रको विकासका लागि आयुर्वेद क्षेत्रको विकास गर्नुपर्दछ । जबसम्म स्थानीयस्तरमा उत्पादन हुने जडिबुटी र औषधीको पहिचान र प्रयोग हुन सक्दैन तब सम्म यहाँको विकास सम्भव छैन । यहाँ उत्पादन भएका जडिबुटीले बजार पाउन आवश्यक छ । अहिले प्रदेशस्तरीय बनेको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद अस्पतालमा विभिन्न स्थानबाट बिरामीहरु उपचार गराउन आउने गर्दछन् । उनीहरुलाई बस्न र खानको लागि राम्रो आवासको व्यवस्थासमेत यस क्षेत्रमा छैन ।
यातायातको समस्या देखाउँदै कतिपय बिरामीहरु राम्रोसँग उपचार नगराई फर्किनुपर्ने बाध्यतासमेत मैले देखिरहेको छु । कुनै पनि क्षेत्र वा ठाउँको विकास गर्नका लागि पहिले त्यस क्षेत्रका बासिन्दाहरु निरोगी हुन आवश्यक पर्दछ । यदि कुनै पनि परिवार निरोगी हुन सकेन भने त्यो परिवारको स्तरोन्नति हुन सक्दैन । त्यसैले यस क्षेत्रको विकासका लागि आयुर्वेद क्षेत्रको पहिचान र यसको विकास गर्न आवश्यक छ । यस्तै यस क्षेत्रमा मैले खानेपानीको समस्या देखिरहेको छु । हुन त सबै स्थानमा खानेपानीको समस्या हुन्छ नै । तर पनि यो क्षेत्रमा खानेपानी समस्या अलि धेरै नै छ । यसलाई समेत व्यवस्थापन गर्न जरुरी छ । यस्तै ग्रामीण भेगमा गाडी मोटरहरु राम्रोसँग गुड्न सक्ने अवस्था छैन । कुनै पनि आकस्मिक सेवा लिन वा दिनका लागि सडक र यातायातको व्यवस्था नहुँदा आम नागरिकहरु मर्कामा परिरहेका छन् । यहाँको सुरक्षा व्यवस्थासमेत कमजोर छ र किनभने समय–समयमा यहाँ धेरै चोरीका घटनाहरु घटेको पाइन्छ । यसले पनि विकासलाई अवरोध पु¥याइरहेको छ । यहाँ आधा पेट खुवाउने काम पूरा गराउने प्रवृत्ति छ । यसको अन्त्य गर्न अत्यावश्यक छ । यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको मानसिक र आर्थिक तनावलाई समाधान गर्नका लागि सीपमूलक एवं आयमूलक तालिम तथा व्यवसायको स्थापना गर्नुपर्दछ । फेरीफेरीमा सहज तरिकाले यातायातको व्यवस्था गर्नुपर्दछ । यस्तै पूर्व–पश्चिममा मात्र नभई उत्तर दक्षिणमा समेत यातायातको विस्तार गर्न आवश्यक रहेको छ । राज्यले बनाएका नीति नियमलाई परिपालना गर्न र गराउनका निम्ती स्थानीय निकायहरु जिम्मेवार बन्नु पर्दछ । अनि मात्र विकासले गति लिन सक्दछ ।

शैक्षिक केन्द्रको रुपमा स्थापित गरौं

माधव अधिकारी
क्याम्पस प्रुमख
जनता संस्कृत विश्वविद्यालय

यस क्षेत्रको विकासका लागि आवश्यक पर्ने महङ्खवपूर्ण विषय भनेको शिक्षा हो । जहाँ शिक्षाको विकास हुन्छ, त्यहाँ अवश्य विकास हुन्छ । यसर्थ यस क्षेत्रलाई संस्कृतको रुपमा शिक्षाको पहिचान गराउने शैक्षिक केन्द्रको रुपमा स्थापित गराउन आवश्यक छ । राणाकालीन समयमा समेत संस्कृत भाषा अध्ययन अध्यापनका लागि महाविद्यालयको रुपमा रहेका यस विद्यालयलाई दाङको पहिचानको रुपमा सबै मिली विकास गर्नुपर्दछ । यसका साथै बिजौरीमै रहेको छिल्लीकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न अत्यावश्यक छ । यसका लागि यहाँका बासिन्दाहरु मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले समेत ध्यान दिनुपर्ने देखिन्छ । जबसम्म शिक्षाको पूर्णरुपमा विकास हुन सक्दैन तबसम्म यहाँका कुनै पनि पूर्वाधार र योजनाहरु सहि तरिकाले परिचालन हुन सक्दैनन् ।
यहाँको बजार विस्तार र बजारीकरणलाई समेत यसले प्रत्यक्ष प्रभाव पार्दछ । अन्धाधुन्द गरिएको विकासले सार्थकता पाउन सक्दैन यसका लागि प्रारम्भिक समयदेखि गृहकार्य बलियो बनाउनुपर्दछ । मेरो विचारमा यस क्षेत्रको धार्मिक, साँस्कृतिक, शैक्षिक र आर्थिक पक्षका विषयलाई दीर्घकालिन योजनाअन्तर्गत समावेश गरिनु पर्दछ । किनभने यि विषयलाई परिपक्व बनाएर लैजानै हो भने विजौरी दीर्घकालिन रुपमा विकास हुन सक्दछ । यहाँ सञ्चालन भईरहेको संस्कृत भाषा, ज्योतिषीशास्त्र एवं धर्मशास्त्रको अध्ययन गर्नका लागि नेपालका विभिन्न स्थानहरुबाट विद्यार्थीहरु आउने गरेका छन् । यसले पनि यस क्षेत्रको प्रचार गर्न पक्कै पनि आफ्नो भूमिका बाँधिरहेको छ । यसर्थ संस्कृत विश्वविद्यालय भनेर चिनिएको जनता संस्कृत विश्वविद्यालयको शैक्षिक गुणस्तरमा विकास गरी संस्कृत अध्ययनको शैक्षिक केन्द्र बनाउन सकियो भने यहाँको विकास छिटो पनि हुन्छ । जनशक्ति उत्पादन भयो भने अवसर सिर्जना हुन्छ । अवसर भयो भने युवा स्वरोजगार, बजारीकरणको विकास हुन्छ । यसैको माध्यमले यातायातको, सडकको विकास हुँदै विजौरीले कोल्टे फेर्न सक्छ ।

कृषि क्षेत्र प्राथमिकतामा

माधव वली
अध्यक्ष वडा नं १८
तुलसीपुर उपमहानगरपालिका

विजौरी प्राचिन महङ्खव बोकेको स्थान हो । जुन स्थानमा सरकारी अड्डा र अदालतसमेत बसिसकेका छन् । यसको विकासका लागि सर्वप्रथम हामीले कृषि क्षेत्रलाई प्राथमिकता दिन आवश्यक छ । जसका लागि जमिनको वर्गीकरण गर्नु पर्दछ । विजौरी भूमिका हिसाबले उर्वर क्षेत्रको रुपमा रहेको स्थान हो । यहाँको जमिनमा अन्न उत्पादन प्रशस्त मात्रामा हुने भएकाले यसलाई कृषिका रुपमा अगाडि लैजान सकिन्छ । उदाउँदो बजारको रुपमा रहेको बिजौरीलाई पशु व्यवसाय, बजार व्यवस्थापन र संस्कृति शिक्षाको माध्यमबाट पनि विकास गर्न सकिन्छ । समुदायले कृषि र पशु व्यवसायलाई हेप्दै आईरहेको छ । तर कृषि र पशु व्यवसायविना आयआर्जनमा समेत समस्या हुने गर्दछ । आयआर्जन भएन भने जीवनस्तर माथि उठ्न सक्दैन । पशु पेशालाई प्रोत्साहन गर्दै हामीले पशु सुत्केरी भत्तासमेत प्रदान गरेका छौँ । यसलाई निरन्तर दिँदै यहाँका किसानहरुलाई पशुपालनमा उर्जा थप्ने प्रयास गरिरहने छौँँ ।
यस्तै नेपालकै एकमात्र भाषा संस्कृतिको अध्ययन अध्यापन हुने केन्द्रको रुपमा स्थापित संस्कृत विश्वविद्यालयमा आयुर्वेद अध्ययन अध्यापनसमेत सञ्चालन भईरहेको छ । यसलाई विस्तार गर्दै लैजानका लागि समेत सबैले ध्यान दिन आवश्यक छ । निश्चित क्षेत्रको पहिचान गरी जडिबुटी उत्पादन र यसको प्रशोधन केन्द्रको स्थापना गरी आयुर्वेदिक हवको रुपमा सञ्चालन गर्न जरुरी छ । हामी यसको योजना निर्माण गरी अगाडि बढ्ने तयारीमा छौँ । यस्तै विजौरी क्षेत्रमा विभिन्न धार्मिक पर्यटकीय स्थलहरुसमेत रहेका छन् । यिनीहरुको प्रवद्र्धन र विकास गर्नसक्ने हो भने यसबाट पनि विजौरी क्षेत्रको विकासमा टेवा पुग्ने छ । अहिले यस क्षेत्रमा अव्यवस्थित तरिकाले बस्ती वृद्धि भईरहेको छ । यसलाई सरोकारवालाहरुले समयमै व्यवस्थित बनाउनुपर्ने देखिएको छ । यस्तै यहाँका विभिन्न स्थानहरुमा ग्रामिण सडक अत्यावश्यक रहेको छ । यसलाई समेत मध्यनजर गर्दै सडकको स्तरोन्नती र ग्रामीण सडकको विकास गर्नुपर्दछ । जसका लागि सडकको स्तर मापन, कति लम्वाई, कहाँदेखि कहाँसम्म, कुन क्षेत्रसम्म जोडिने सडक भन्ने विषयमा समेत छलफल र योजना अनुसार दुबै वडाहरु सक्रिय हुन आवश्यक छ । यसमा हामी लागिरहेका छौँ । यस्तै यस क्षेत्रको विकासका लागि जनजाति तथा दलित समुदायको साँस्कृतिक र धार्र्मिक पहिचान झल्काउने किसिमका कार्यक्रम तथा साँस्कृतिक र धार्मिक केन्द्रको स्थापना गरी पर्यटन भित्र्याउन सकिन्छ । जसले यस क्षेत्रको विकासका लागि अर्थतन्त्रलाई बलियो बनाउने काम गर्दछ । यस्तै बासडबरीमा रहेको सिमलको बोटलाई समेत धार्मिक स्थलको रुपमा विकास गर्न सकिन्छ । हराएका सामानहरु भेटिने जनविश्वास रहेको उक्त स्थानमा थारु संस्कृति झल्काउने तरिकाले होमस्टे र भुह्याँर थान विभिन्न कार्यक्रम सञ्चालन गरी आन्तरिक पर्यटनहरु भित्र्याउन सकिन्छ । यसले पनि विजौरीको विकासमा सम्भावना बोकेको छ । यस्तै बिजौरी क्षेत्रमा अवस्थित वेलझुण्डी रंगशाला, मानपुर भेग र मनिकापुरतिरको क्षेत्रलाई बजार विस्तार गरी यहाँको विकास गर्न सकिन्छ । यस्तै सामुदायिक वनभित्र पार्क र पोखरीको निर्माण गरी छिल्लीकोटसम्म जाने व्यक्तिहरुलाई मनोरन्जन र आरामको समेत व्यवस्था गर्न सकियो भने १८ र १९ वडाको विकाससँगै समग्र विजौरीको विकासमा टेवा पुग्ने छ ।

शान्ति सुरक्षाको चुनौती

मुकेश वली
अध्यक्ष
विजौरी उद्योग वाणिज्य संघ

सर्वप्रथम त विजौरी क्षेत्रको विकासका लागि शान्ति सुरक्षाको अत्यावश्यक छ । वास्तवमा भन्ने हो भने यस क्षेत्रको बाह्य संरचना राम्रो देखिए पनि भित्रि संरचना अर्थात गुणात्मकता खस्किदै गएको छ । जसका कारण आम सर्वसाधारण, व्यापारीहरुको घरमा दिनदाहडै चोर पस्ने, लुटपिटजस्ता घटनाहरु बढ्दै गईरहेको छ । यसका लागि यहाँको शान्ति सुरक्षा बलियो बनाउनुपर्दछ । यस्तै यस क्षेत्रको विकास र समृद्धिका लागि खानेपानीको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अहिले पानीका मुहानहरु कम हँुदै गएकाले सामान्य परिवारका व्यक्तिले समेत बोतलको पानी किनेर पिउनु पर्ने वाध्यता छ, यसलाई समयमै व्यवस्थापन गर्न सरोकारवाला निकायहरुको ध्यान जानुपर्दछ ।
नयाँ ट्रयाकमा बाटोहरु खुल्न सकेका छैनन । जसका कारण पुराना वाटोहरु प्रयोग हुँदै आएका छन् । यदि विजौरी क्षेत्रसँग जोडिएका बाटोहरु, राजमार्गहरुको सञ्चालन हुन नसक्ने हो भने विजौरीको भविष्य छैन । त्यसका लागि विजौरीदेखि रोल्पाको दहवन, जलकुण्डी हुँदै राजमार्ग छुने बाटोहरु तीव्र रुपमा निर्माण एवं सञ्चालन हुन आवश्यक छ । यस्तै यस क्षेत्रको शिक्षाको गुणस्तरमा पनि कमि हुँदै आएको छ । यो सबैले महसुश गरेकै कुरा हो । किनभने यस क्षेत्रमा रहेका सार्वजनिक स्थानका विद्यालयहरुमा शिक्षा फितलो बन्दै गएको छ । त्यत्ति मात्रै होइन शिक्षामा संस्कारको समेत कमि हुँदै गएको छ । त्यसका लागि शिक्षामा संस्कारको आवश्यकता छ । यस्तै यस क्षेत्रका युवा वर्गहरुको लागेको क्यान्सरलाई समयमै उपचार गराउन सक्नुपर्दछ । होइन भने विकराल समस्या निम्तिने छ । युवा पिढीहरु अहिले ओरालो लाग्दै छन्, कुलतमा फस्दै छन् । यसको मुख्य कारण बेरोजगारीले निम्त्याएको क्यान्सर हो । यसको समाधानमा स्थानीय तहले विशेष ध्यान दिन आवश्यक देखिन्छ । मेरो विचारमा यस क्षेत्रको विकासका लागि यहाँका बासिन्दाहरुले योजना बनाएर मात्र हुने होइन । यसका लागि अहिलेको संघीय सरकारले नयाँ खाका अनुसार सबै क्षेत्रलाई समेटिने गरी नयाँ योजना ल्याउनुपर्दछ । यस्तै व्यापार जुन दरले कर लगाइएको छ । यसले समेत समस्या निम्त्याएको छ । व्यापार, व्यवसायको सिण्डीकेट र करलाई एकद्वार बनाईनु पर्दछ । यो मेरो मात्र नभई सबै व्यवसायीहरुको माग र अपेक्षा हो । यस्तै बढ्दै गएको चरम राजनीतिलाई सुधार्दै लग्न सक्ने हो र यि सबै कुरालाई व्यवस्थित गर्न सक्ने हो भने विजौरी क्षेत्रको विकास सम्भव छ ।

विकास पहिलो आधार

रेश्मीराज खड्का
व्यवसायी तथा पूर्व कार्यसमिति सदस्य
तुलसीपुर उद्योग वाणिज्य संघ

वास्तवमा भन्ने हो भने विजौरी क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारहरु पर्याप्त छैनन् । कुनै पनि क्षेत्रको विकासका लागि पूर्वाधार अत्यावश्यक पर्ने गर्दछ । त्यसैले विजौरी क्षेत्रको विकासका लागि सर्वप्रथम यहाँ पूर्वाधारको विकास गर्न आवश्यक देखिन्छ । प्रदेशस्तरीय आयुर्वेद अस्पताल, नेपाल संस्कृत विश्वविद्यलाय रहिआएको यस क्षेत्रको विकास हुन नसक्नु भनेको लाजमर्दो कुरा हो भन्ने हो भने यहाँ यातायातका पूर्ण व्यवस्थासमेत भएको छैन ।
सडकको विस्तार भएको छैन । यस क्षेत्रको विकासका लागि सबैभन्दा पहिले सडक कालोपत्रे गर्नुपर्ने देखिन्छ । किनभने देशका विभिन्न स्थानहरुबाट संस्कृत भाषा अध्ययन अध्यापन गर्नका लागि विद्यार्थीहरु आउने गर्दछन् । यस्तै विभिन्न स्थानहरुबाट आयुर्वेदिक उपचार गर्नका लागि बिरामीहरु आउने गर्दछन् । उनीहरुलाई यातायातको व्यवस्था गर्न सकियो भने मात्र यहाँका उत्पादन, व्यापार, व्यवसायले अवसर पाउने अवसर पाउँदछन् । यस्तै विजौरी क्षेत्रलाई विकास गर्नका लागि कृषि क्षेत्रको विकास गर्न आवश्यक छ । पशुपालनको विस्तार गर्न आवश्यक छ । यहाँको विकासका लागि यस क्षेत्रको आयश्रोतसमेत बढाउनुपर्ने हुन्छ । त्यसका लागि कृषि पेशा, पशु व्यवसायलाई अनुदानको व्यवस्था र सहुलियत दरमा बिउबिजन र रासायनिक मलको व्यस्थापन हुनुपर्दछ । यहाँको बजारीकरणलाईसमेत सरकारले ध्यान दिनुपर्ने हो । जबसम्म यस क्षेत्रको लागि राज्यले अनुदान दिँदैन तब विकासले फड्को मार्न सक्दैन । यस्तै छिल्लीकोटमा रहेको मालिका कालिका मन्दिरको व्यवस्थापन गरी पर्यटकीय धार्मिकस्थलको रुपमा विकास गर्नुपर्दछ । त्यसका लागि सर्वप्रथम त्यहाँ सडक र बिजुली बत्ती विस्तार गर्नुपर्दछ । अझै पनि यहाँका विभिन्न स्थानहरुमा यातायातका साधनहरु जान सक्दैनन् । त्यस्ता स्थानहरुलाई मध्यनजर गर्दै पक्की सडक निर्माण गर्नुपर्दछ । बजार सानो हुँदाहुँदै पनि यहाँको शान्ति सुरक्षा अलि कमजोर भएको छ । यसलाईसमेत ध्यान दिनुप¥यो । बजार व्यवस्थापनलाई मध्यनजर गर्दै भित्री रुटमा गाडीहरु सञ्चालन गरिनुपर्दछ । जसका लागि विजौरीमा बसपार्कको व्यवस्थापन गर्न जरुरी देखिन्छ । यस्तै आयुर्वेद अस्पतालको स्तरोन्नति गरी हरेक चिकित्सकीय सेवा आयुर्वेद पद्धतिबाटै प्रदान गरिनुपर्दछ । विजौरीमा अवस्थित जनता संस्कृत क्याम्पसको स्तरवृद्धि गरी डिग्रीसम्म पढ्न पाउने व्यवस्था हुन आवश्यक छ । यस्तै विद्यालयमा जातीयगत छात्रवृत्तिको व्यवस्था गरिनुपर्दछ । जसका कारण विद्यालयमा विभिन्न स्थानबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् । यस्तै सामान्य परिवारका व्यक्तिले समेत अध्ययन गर्नसक्ने वातावरणको सिर्जना गर्न सक्यो भने शिक्षा क्षेत्रले विकासको गति लिन सक्दछ । जसका कारण दक्षा जनशक्ति निर्माण हुने गर्दछ । पूर्वाधारको विकास र त्यसको परिचालनका लागि यसले टेवा पु¥याउने काम गर्दछ ।

आयआर्जनका लागि बजारीरकरण

रामबहादुर योगी
अध्यक्ष वडा नं १९
तुलसीपुर उपमहानगरपालिका

विजौरी क्षेत्रको विकास गर्नका लागि पहिले त यहाँ रहेका नयाँ तथा पुराना सडकहरुको विस्तार गर्नुपर्दछ । पुराना सडकहरुको विकास हुन नसक्दा आम नागरिकहरुले सास्ती खेपिरहेका छन् । किनभने यस क्षेत्रसँग जोडिएका ग्रामीण भेगहरुमा धेरै मानिसहरुको बसोवास रहिआएको छ । विजौरीसँग जोडिएका यस क्षेत्रका कतिपय स्थानहरुमा साना गाडी मोटरहरुसमेत जान नसक्ने अवस्था अहिले पनि रहिआएको छ । विजौरीसँग जोडिएका हारिमे, स्यालापानी, खर्खरे, छिल्लीकोटजस्ता स्थानहरुमा अहिले पनि विकासका लागि आवश्यक पर्ने पूर्वाधारहरुको विस्तार हुन सकिरहेको छैन । जति पनि विकासे योजनाहरु बन्ने गर्दछन् ति योजनाहरु सुगम क्षेत्रलाई मध्यनजर गरेर बनाइएका हुन्छन् । जबसम्म विजौरी क्षेत्रको विकास हुन सक्दैन । तबसम्म समग्र दाङको विकास हुन सक्दैन् । अन्य क्षेत्रको तुलनामा विजौरीको विकासले न्याय पाएको छैन । सरकारले प्रदान गर्ने अनुदानले यस क्षेत्रलाई छुन सकेको छैन । अत्यावश्यक रहेको खानेपानीको समेत व्यवस्थासमेत राम्रोसँग भएको छैन । यस्तै विजुली बत्तीसमेत सबै स्थानमा पुगेको छैन ।
यस क्षेत्रमा अव्यस्थित भित्री सक्राम, सुंगुर खोला, पिपलडाँडाजस्ता स्थानहरुमा यातायात सेवा राम्रोसँग विस्तार भएको छैन । आपतकालीन समयमा समेत यातायातको व्यवस्था हुन नसक्दा यहाँका बासिन्दाहरु सेवा सुविधा र उपचारका लागि हैरानी खेप्नुपरेको अवस्था छ । अहिलेको समयमा पनि यसरी पूर्वाधारको विकास हुन नसक्दा ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरु अन्यायमा परेको अनुभूति नागरिकहरुमा भईनै रहेको छ । यसलाई समेत स्थानीय तह र सरकारले विशेष ध्यान दिन आवश्यक छ । यस्तै यहाँको विकासका निम्ती बजारको विस्तार गर्नुपर्दछ । स–साना सामान किन्नका लागि तुलसीपुर, घोराही जानु पर्ने बाध्यता रहँदै आएको छ । यहाँको शान्ति सुरक्षालाई समेत कडा बनाउनुपर्ने अवस्था रहेको छ । आयआर्जन गर्ने कुनै पनि व्यापार, व्यवसाय सञ्चालन गर्नका लागि बजारीकरण हुनुपर्ने देखिन्छ । यसका साथै यहाँको समग्र विकासका लागि शिक्षा क्षेत्रको गुणस्तरमा समेत ध्यान दिन जरुरी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here